१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वीपी प्रतिष्ठानमा तीन जना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप तीन जना कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ। मृत्यु हुनेमा मोरङका दुई जना र उदयपुरका एक जना छन्।

प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार सुन्दर हरैचा १० का ७२ वर्षीय पुरुषको मंगलबार साँझ ५ बजेर ५० मिनेटमा कोभिड अस्पतालमा निधन भएको हो। उच्च रक्तचापको बिरामी रहेका उनलाई वैशाख १० गते संक्रमण पुष्टि भएको थियो भने वैशाख ११ गतेदेखि कोभिड अस्पतालमा भर्ना भएर उपचार भइरहेको थियो।

यस्तै, बेलबारी ९ की ५६ वर्षीया महिलाको पनि मंगलबार साँझ साढे ६ बजे निधन भएको थियो। मधुमेहको समेत बिरामी रहेकी उनलाई जेठ २ गते संक्रमण पुष्टि भएको थियो भने ३ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो।  

यस्तै, उदयपुरको बेलका नगरपालिका ३ का ५५ वर्षीय पुरुषको पनि मध्यराती साढे १२ बजे निधन भएको प्रतिष्ठानले जनाएको छ। उच्च रक्तचापका बिरामी रहेका उनलाई संक्रमण भएपनि बेलका नगर अस्पतालले रिफर गरेको सहप्रवक्ता डा. पोखरेलले जानकारी दिए। मृतकलाई जेठ ३ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो। मृतकहरुको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: ५ जेष्ठ २०७८ ०५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App