२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

कोरोना संक्रमण फैलन नदिन जुट्यो पातारासी गाउँपालिका

जुम्लाको पातारासी गाउँपालिका कोरोना रोकथाम तथा नियन्त्रणमा जुटेको छ । पहिलो पटक पातारासी गाउँपालिकाले संस्थागत आइसोलेसन र कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । यो संगसंगै जनप्रतिनिधि र कर्मचारीको टोली सुरक्षा मापदण्डको पालना गर्दै गाउँगाउँमा सचेतना फैलाउन परिचालन समेत भइसकेको छ ।  

पातारासीले ४० बेडको संस्थागत आइसोलेसन बनाएको छ । चिकित्सक सहितको ५ बेडको कोभिड अस्पतालसञ्चालनमा ल्याएको छ । पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोरा जनताको स्वास्थ्य सुरक्षाका लागि गाउँपालिकाले जुनसुकै काम गर्न सक्ने बताउँछन् ।  

होम आइसोलेसनका कारण गाउँमा संक्रमण भयावह हुन थाल्यो । कोरोनाबाट नागरिक जोगाउन र संक्रमण रोकथाम गर्न संस्थागत आइसोलेसनको विकल्प देखिएन । उनले भने,‘संस्थागत आइसोलेसन बिना कोरोना रोकथाम गर्न नसकिने निष्कर्षसहित जुटेका छौँ । यो कार्यमा स्थानीय नागरिकले पनि पुर्ण सहयोग गर्नुभएको छ ।’

लक्षण भएका तर अक्सिजन दिनु नपर्ने घरमा असुरक्षित रुपमा बसेको सबै संक्रमितलाई संस्थागत आइसोलेसनमा ल्याउन शुरु भइसकेको पातारासी गाउँपालिकाले जनाएको छ ।  

उनले भने,‘हामी स्थानीय बासिन्दाको स्वास्थ्य सुरक्षाका लागि अति संवेदनशिल बनेका छौँ । गाउँपालिकावासीले पनि स्थानीय सरकारले थालेको काममा साथ दिनुपर्छ । जनता र सरकारबीचको सुमधुर सम्बन्धले मात्र कोरोना संग जीत्न सकिन्छ । ’

विशेषज्ञ डाक्टर औषधि उपचार सहितको आइसोलेसन र कोभिड अस्पताल सञ्चालनमा ल्याएको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापा बताउँछन् । उनले भने,‘संक्रमण फैलन नदिन सचेत छौँ । संक्रमण रोकथाम तथा नागरिकलाई जोगाउन हामी पूर्वतयारमा जुटिसकेका छौँ ।’

गाउँपालिकाले विशेषज्ञ डाक्टर संक्रमित बोक्ने निःशुल्क एम्बुलेन्स,तयारी अवस्थामा राखेको छ । जटिल खालका समस्या समाधान गर्नका लागि पालिकास्तरमा विपद प्रतिकार्य टीम गठन गरेर परिचालन गरिएको छ ।  

गाउँपालिका भित्रका सुत्केरी तथा बिरामीलाई बोक्ने एक र संक्रमित बोक्ने अर्को गरि दुई वटा एम्बुलेन्सको व्यवस्था गरिएको छ । कुनै पनि समयमा नागरिकले स्वास्थ्यमा समस्या आउने वित्तिकै अस्पताल सम्म लैजान सकिने गरि व्यवस्थापन गरिएको अध्यक्ष बोहोराले बताए ।  

पातारासीका सबै वडा वडामा पुगेर गाउँपालिका अध्यक्ष लछिमान बोहोराको नेतृत्वमा कोरोनाविरुद्धको सचेतना अभियान चलेको छ । जुम्लाका आठ स्थानीय तह मध्ये कोरोनाको दोस्रो लहरमा संस्थागत आइसोलेसन बनाएर चिकित्सकसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याउने पहिलो गाउँपालिका हो ।

होम आइसोलेसनले संक्रमण गाउँ गाउँमा फैलिएको र तत्काल सबैले संस्थागत आइसोलेसन बनाउनु पर्ने निर्णय कोभिड १९ संकट व्यवस्थापन केन्द्र जुम्लाको बैठकले गरेपछि पातारासीले निर्णय हुबुहु कार्यन्वयन गरेको छ ।  

यो गाउँपालिकाले संक्रमण रोकथामका लागि सुरुदेखि राम्रो काम गर्दैआइराखेको छ ।  कर्णाली प्रतिष्ठानका विज्ञान प्रतिष्ठान शिक्षण जुम्लाका अस्पताल निर्देशक राजिश शाह सबै स्थानीय तहमा विशेषज्ञ चिकित्सक पठाउन तयार रहेको बताउँछन् । उनले भने,‘ तर स्थानीय तहको सक्रियता देखिएन । होम आइसोलेसनले दैनिक संक्रमण बढ्दै छ । अहिलेसम्म कुनै स्थानीय तहले चिकित्सकको माग गरेका छैनन् । न चिकित्सक माग गरेका छन । नत कुनै तयारीका बारेमा जानकारी आएको छ । उनले भने,‘यो अवस्थाले कोरोना संक्रमणको अवस्था भयाभह हुने देखिन्छ । समयमै सचेत बनौँ ।'

प्रकाशित: ५ जेष्ठ २०७८ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App