७ आश्विन २०८१ सोमबार
image/svg+xml

निषेधाज्ञा सकिएको एक महिनासम्म धितो लिलामीमा रोक

नेपाल राष्ट्र बैंकले दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा सकिएको कम्तीमा एक महिनासम्म कर्जा असुलीका लागि धितो लिलाम गर्न नपाउने व्यवस्था गरेको छ ।

सभापति देउवाको आग्रहः १२ वर्षमाथिकालाई पनि खोप लगाउने तयारी गरौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने भन्ने विज्ञको भनाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

उपप्रधानमन्त्री र स्वीजरल्याण्डकी राजदूतबीच संवादः स्वीजरल्याण्डबाट शनिबार स्वास्थ्य सामग्री आइपुग्ने

स्वीजरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्वको लडाईंमा साथ दिँदै नेपाललाई यसैसाता बिभिन्न स्वास्थ्य सामाग्री पठाउने भएको छ।

जुम्लामा होम आइसोलेसनले फैलाउँदै संक्रमण

‘हाम्रो जस्तो संरचना भएका घरमा होम आइसोलेसनको नीति वैज्ञानिक छैन। तत्काल जुम्लाका सबै स्थानीय तहले संस्थागत आइसोलेसन बनाउनु पर्छ। जुम्लालाई कोरोनामुक्त जिल्ला बनाउन चिन्ता र चासोका साथ लाग्नुपर्छ। नत्र कोरोनाबाट जुम्ला सुरक्षित रहन सक्दैन।’

खोटाङका थप ४४ जनालाई कोरोना संक्रमण

खोटाङमा थप ४४ जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ। मंगलबारको एन्टीजेन तथा पिसिआर परीक्षणबाट रावाबेँसी गाउँपालिकामा १५ जना, जन्तेढुंगा गाउँपालिकामा १३ जना, केपिलासगढी गाउँपालिकामा ८ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५ जना र हलेसी तुवाचुङ नगरपालिकामा ३ जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको हो।

रोल्पामा कोरोनाः १९ संक्रमित थपिँदा एकको मृत्यु

रोल्पामा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या ४ सय ७८ पुगेको छ ।

८ हजार २०३ संक्रमित थपिए, १९६ को मृत्यु, ६ हजार ८९१ जना संक्रमणमुक्त

गत २४ घन्टामा नेपालमा ८ हजार २ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्टको कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमित थपिएको जनाएको छ।

सुनसरीका कोरोना संक्रमित पत्रकार भन्छन्ः घरमै डाक्टर आउँदा आत्मबल बढ्यो

सुनसरीमा रहेका कोरोना संक्रमित पत्रकारहरुलाई सोमबार डाक्टर, नर्ससहितको टोलीले औषधि तथा निःशुल्क परामर्श गर्दा आत्मबल बढेको बताएका छन्।

रेम्डिसिभिरमा सरकारी नियत : वैध बाटो सील, कालोबजार खुल्ला

हप्ता दिन अघि जिल्लामा ‘रेम्डिसिभिर’ औषधिको अभाव भयो । कोरोनाका बिरामीहरुलाई दिईँदै आएको यो औषधिको अभाव भएपछि बिरामीका आफन्त नेपालगन्जसम्म यहि औषधिका लागि भौँतारिए ।

गाउँमा कोरोना महामारी, स्थानीय तह रमिते

हिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पिसिआर र जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले गाउँ, गाउँमा पुगेर एन्टीजन परीक्षण गरिरहेको छ। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा ग्रामिण क्षेत्रमा कोरोना पुगिसकेको बताउँछन्। यहाँका कुनाकन्दरा सम्मै कोरोना संक्रमण फैलिएको पाइएको छ।

उपप्रमुख चौधरीको कोरोनाबाट मृत्यु

सप्तरीको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै मृत्यु भएको कञ्चनरुप नगरपालिका निवासी उत्तम आचार्यले जानकारी दिए।

आजदेखि बनेपा ‘सिल’, मर्निङवाकसमेत बन्द

'औषधि पसल र अस्पतालबाहेकका अन्य खाद्यान्न, तरकारी र दुग्धजन्य पसल तथा फलफूल, बैंक, वित्तीय संस्थाका सेवा बन्द गर्नुका साथै मर्निङवाकमा समेत प्रतिबन्ध लगाइएको छ', वादेले भने।

राज्य संवेदनशील नहुँदा संक्रमितको ज्यान गुम्यो: सर्वोच्च

सर्वोच्च अदालतले कोरोना महामारी नियन्त्रणमा राज्य संवेदनशील हुन नसक्दा उपचारको अभावमा नागरिकले ज्यान गुमाउनुपरेको निष्कर्षसहित उपचारसम्बन्धी विस्तृत कार्ययोजना ७ दिनभित्र बनाउन सरकारलाई आदेश दिएको छ।

कोरोनाले दिएको पीडा: जीवन गुम्यो, ऋण चढ्यो

कोरोना महामारी भित्रिएको एक वर्ष भइसक्यो। तर प्रदेश २ मा सरकारले अहिलेसम्म भरपर्दो अस्पताल सञ्चालन गर्न सकेको छैन। भेन्टिलेटरसहितको भरपर्दो अस्पताल भइदिएको भए यस प्रदेशका सिकिस्त बिरामीलाई दौडाएर अर्को प्रदेशको अस्पतालमा लैजानु पर्दैनथ्यो।

सरकारको त्रुटिले धेरैको मृत्यु

‘नेपालको मृत्युदर दक्षिण एसियाका अन्य मुलुकको तुलनामा बढी छ। सरकारले राम्रो व्यवस्थापन गरेको भए यति धेरै मानिसको मृत्यु हुने थिएन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्