८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कोरोना संक्रमित: अस्पताललाई थेग्नै गाह्रो

कोरोना संक्रमित अत्यधिक बढेपछि नेपालगन्जका अस्पताललाई बिरामीको चाप थेग्न गाह्रो भएको छ। संक्रमितको संख्या अत्यधिक बढे पनि अस्पतालमा कोभिड बेड थपिएका छैनन्। जसले गर्दा अवस्था झन् भयावह बनेको छ।

कोरोना संक्रमणको दोस्रो लहर: तीन दिनमा ७२ जनाको मृत्यु

पहिलो कोरोना संक्रमणको अवधिमा भन्दा अहिले तीव्र रूपमा संक्रमणदर बढेका कारण मृत्युदर पनि बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। गत वर्ष कोरोना संक्रमण दैनिक ४ देखि ५ हजार पुगे पनि मृत्यु हुनेको संख्या कम थियो।

रुपन्देहीमा आइतबार थपिए २०४ संक्रमित

रुपन्देहीमा पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आइतबार थपिएका संक्रमित मध्ये १२२ जना पुरुष छन । ८२ जना महिला छन । ती मध्ये ९६ जना बुटवल उपमहानगरपालिकाका छन । तिलोत्तमा नगरपालिकाका ५० जना,सिद्धार्थनगर नगरपालिकाका ३०,सैनामैना नगरपालिकाका १० जना छन ।

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि एक साताका लागि विद्यालय बन्द

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुमा रहेको कोमिन श्यामेवाङ्फेल मावि एक साताको लागि बन्द गरिएको छ। कोरोनाको दोस्रो लहर चलिरहँदा शिक्षक तथा विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द गरिएको हो।

थप ३ हजार १२२ जनामा कोरोना संक्रमण, उपत्यकामात्रै १ हजार ४९८

नेपालमा २४ घन्टामा थप ३ हजार १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। थपिएकामध्ये काठमाडौं उपत्यकाकामात्रै १ हजार ४९८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो साता कोरोनाबाट विदेशमा २३ जना नेपालीको निधन

यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत लगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो।

प्रधानमन्त्रीलाई कमल थापाको सुझावः उद्घाटन र शिलान्यासलाई थाती राखेर कोरोना नियन्त्रणमा ध्यान दिनुहोस्

राप्रपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिन सुझाएका छन्।

संस्थागत विद्यालयलाई नगरपालिकाको नगद सहयोग

भेरीगंगा नगरपालिकाले कोरोनाका कारण संकटमा परेका संस्थागत विद्यालयहरुलाई नगद अनुदान उपलब्ध गराएको छ। नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका १५ वटा संस्थागत विद्यालयलाई छ लाख २५ हजार नगद अनुदान दिएको हो।

मास्क नलगाए सय रुपैयाँ जरिवाना

जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ कार्यान्वयन गराउन प्रहरीले मास्क नलगाई हिँड्ने व्यक्तिलाई १ सय रुपैयाँ जरिवाना उठाउने अधिकार पाएको छ। सङ्क्रमण रोग ऐन २०२० अनुसार प्रहरीले जरिवाना उठाउने अधिकार स्थानीय प्रशासनले प्रहरीलाई दिएको छ।

कोभिडमा ‘बिरु’ : जसले मास्क बाँडिरहे

बजारमा पैदल हिँडिरहेका मास्कविहीन सर्वसाधारणहरु पनि उनको नजरमा पर्छन् । प्रत्येकको हातहातमा मास्क थमाउँछन्, अनि भन्छन्, ‘कोरोना जोखिमबाट सतर्क रहनुहोला ।’

लुम्बिनी प्रदेश : छट्पटाउँदै बिरामी , चुपचाप सरकार

‘अरु अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गरेर अघि बढ्ने भन्ने कुरा सम्भव हुँदैन,’ प्रदेश सरकारका अर्थमन्त्री एबं सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने ‘अरु अस्पताललाई पनि कोभिड अस्पताल बनाएपछि त्यहाँ भएका अरु रोगका बिरामीहरुलाई कहाँ राख्ने ?’

लुम्बिनीका कोरोना अस्पताल भरिए

एकातिर सरकारले सञ्चालन गरेका अस्पतालमा शय्या संख्या नबढाइनु, अर्कोतर्फ यिनै सरकारी अस्पतालले मात्रै उपचार गर्नुपर्ने सरकारी नियतका कारण बिरामीले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था आएको चिकित्सक बताउँछन्। यस्तो बेला अन्य अस्पतालमा समेत कोभिडको उपचार गर्ने गरी व्यवस्थापन नमिलाइए अहिलेको अवस्थाले भोलि झनै भयावह अवस्था आउने खतरा उनीहरूले देखिरहेका छन्।

दोस्रो लहरको कोरोना कहर: ‘गम्भीर बिरामीलाई बचाउनै मुस्किल’

अस्पतालमा भर्ना भएका बिरामी निको हुने अवधि लम्बिँदै गएको सशस्त्र प्रहरी बल बलम्बुका कोभिड उपचार संयोजक डा. प्रवीण नेपालले बताए। ‘१०दिनदेखि यता हवात्तै आएका बिरामीको छिटो निको हुन सकेको छैन,’ उनले भने। उनले अस्पतालमा गम्भीर बिरामीको संख्या बढेको कारण पुगेका जति सबैले राम्रो उपचार पाउने स्थिति नरहेको बताए।

कोरोना महामारीमा अब्बल साबित टेकु अस्पताल

‘कसैलाई कोरोना शंका लागे यही अस्पताल आउथे अथवा अरू अस्पतालले पनि कोरोनाको परामर्शका लागि टेकु अस्पतालमै पठाउने गर्थेे,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन सम्झन्छन् । उनका अनुसार सुरुको चरणमा बेलायतबाट आहेका एक परिवारमा आरडिटी टेस्ट गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएपछि काठमाडौं तरंगित भएको थियो । यो पुष्टि भएको भोलिपल्ट मानिसहरू कोरोना टेस्ट गर्न टेकुमा लाम नै लागेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्