७ आश्विन २०८१ सोमबार
image/svg+xml

उद्योग बाणिज्य संघको पहलमा ५० सिलिण्डर अक्सिजन

जिल्लामा कोरोना संक्रमितहरुको उपचारमा सहजता ल्याउन दाङ जिल्ला उद्योग बाणिज्य संघ अक्सिजनको जोहोमा लागेको छ ।

कोरोना संक्रमितलाई पौष्टिक आहार

अभियानमा लागेका युबाहरुले प्रत्यक दिन यसैगरि कोरोना संक्रमितहरुलाई पौष्टिक आहार उपलब्ध गराउने बताएका छन् । कोरोना संक्रमितहरुलाई पौष्टिक आहारले रोग संग लड्न सक्ने क्षमता प्रदान गर्ने भएकाले मानवीय नाताले पनि यो अभियान थालिएको अभियानका संयोजक सञ्जिब पछाईँले जानकारी दिए ।

वीपी प्रतिष्ठानमा तीन कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड अस्पतालमा तीन जना कोरोना संक्रमितको निधन भएको छ। प्रतिष्ठानका अनुसार उपचारको क्रममा झापा, मोरङ र सुनसरीका तीन संक्रमित पुरुषको निधन भएको हो।

कोरोना संक्रमित बढ्दै, तयारी अझै भद्रगोल

जिल्ला अस्पताल जलेश्वरमा एक वर्षअघि जडान गरिएको भेन्टिलेटर चलाउने दक्ष जनशक्ति नहुँदा अस्पताल रेफर सेन्टरमा सीमित बनेको छ। आईसियू, भेन्टिलेटर सेवा सञ्चालनका लागि जनशक्ति नहुँदा सिकिस्त कोरोना संक्रमितहरूको उपचारमा समस्या भएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुरेश पोण्डेले बताए।

थप ८ हजार ८५० जनामा कोरोना संक्रमण, ८८ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको स्थिति अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा सोको संख्यामा संक्रमण भएको जनाएको छ।

संक्रमित सांसदले पनि विश्वासको मतमा मतदान गर्न पाउने, भोलि नै सबै प्रक्रिया सकाउने

प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन सोमबार संसदमा आउँदा कोरोना संक्रमित सांसदहरुले मतदान गर्न पाउने व्यवस्था प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको संसद सचिवालयले जनाएको छ।

कोरोना संक्रमणबाट बाँकेमा वडासदस्यको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा जनप्रतिनिधिको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का वडासदस्य तारा कसेराको आइतबार मृत्यु भएको हो। राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ निवासी ४९ वर्षका उनको केहीबेर अघि भेरी अस्पतालमा मृत्यु भएको हो। राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले वडासदस्य कसेराको उपचारकै क्रममा मृत्यु भएको बताए।

एनआरएनए अमेरिकाद्वारा कोरोना प्रभावितलाई ५० हजार डलर सहयोग

मातृभूमि नेपालमा कोरोनाको प्रभाव बढी रहेको बेला गैरआवासीय नेपाली संघ अमेरिका अध्यक्ष शुनिल शाहले कोरोना प्रभावितका लागि ५० हजार डलर सहयोग गर्ने बताएका छन्।

पोखरामा तीनदिनमा थप ११ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप ११ जना कोरोना संक्रमितको ज्यान गएको छ । पछिल्लो तीनदिनमा ती संक्रमितको ज्यान गएको प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ ।

‘सरकार गैरजिम्मेवार बन्दा समस्या’

‘अस्पतालहरूमा अक्सिजन अभाव भइरहेका बेला सरकार थाहा नपाएझै गरेको छ,’ करुणा हस्पिटलका मेडिकल डाइरेक्टर सौगात पौडेलले भने, ‘सरकारको साथ नभएपछि अस्पतालले मात्र अक्सिजन जोहो गर्न मुस्किल पर्छ।’

रौतहटमा कोरोना संक्रमण कारण ज्यान गुमाउनेहरुको संख्या बढ्दो

शनिबार थप दुईको मृत्यु भएसँगै जिल्लामा कोरोना संक्रमित मृतकको संख्या चौध पुगेको छ। शुक्रबार पनि दुई जनाको मृत्यु भएको थियो।

कोरोना संक्रमणबाट पाँचको मृत्यु

मृत्यु हुनेमा जितपुर सिमराका दुई जना, महागढीमाई नगरपालिकाका दुई जना र बिश्रामपुर गाउँपालिकाका एक जना रहेको बारा प्रहरीले जनाएको छ।

बाँकेमा कोरोना संक्रमण नियन्त्रण बाहिर : २५ दिनभित्र १ सय ५५ जनाको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, आइसोलेसन सेन्टर र होमआइसोलेसनमा मृत्यु हुने क्रम रोकिएको छैन।

काठमाडौंका चार अस्पतालले भनेः अक्सिजन छैन नयाँ बिरामी भर्ना गर्न सकिँदैन

मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्री अस्पताल, दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर र हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालले संयुक्त रुपमा विज्ञप्ति निकालेर उपचारमा असमर्थता जनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्