७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पोखरामा तीनदिनमा थप ११ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप ११ जना कोरोना संक्रमितको ज्यान गएको छ । पछिल्लो तीनदिनमा ती संक्रमितको ज्यान गएको प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ । पोखराका विभिन्न अस्पतालमा ती बिरामीले उपचार गराईरहेका थिए ।  

निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार ज्यान गुमाउनेमा विभिन्न पाँचवटा जिल्लाका बासिन्दा छन् । सबैभन्दा बढी कास्कीका ६ जनाको यो अवधिमा ज्यान गएको छ । स्याङजाका दुई, रुपन्देही, म्याग्दी र पवर्तका एक–एक जनाको मृत्यु भएको शर्माले बताएका छन् ।

मृत्यु हुनेमा ७ जना पुरुष र चारजना महिला रहेको निर्देशनालको भनाई छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्म २६२ पुगेको छ । 

प्रकाशित: २६ वैशाख २०७८ ०६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App