४ वैशाख २०८१ मंगलबार
प्रवास

एनआरएनए अमेरिकाद्वारा कोरोना प्रभावितलाई ५० हजार डलर सहयोग

मातृभूमि नेपालमा कोरोनाको प्रभाव बढी रहेको बेला गैरआवासीय नेपाली संघ अमेरिका अध्यक्ष शुनिल शाहले कोरोना प्रभावितका लागि ५० हजार डलर सहयोग गर्ने बताएका छन्। तत्काल २५ उपलब्ध गराउने र बाँकी उपलब्ध गराउँदै जाने बताए। सहयोग रकममध्ये १५ हजार रकम जनकपुर आइसोलेसन सेन्टरका लागि छुट्याइएको र अन्य रकम अन्य क्षेत्रमा सहयोग दिने बताइएको छ। अध्यक्ष शाहले दिएको जानकारी अनुसार अरु थप सहयोगका लागि गोफण्ड खोलेर रकम उठाउनेछ।

निकट भविस्यमा हुन लागेको चुनावमा अध्यक्ष पदका उम्मेदवार कृष्ण लामिछानेले कोेभिड प्रभावित नेपालीको सहयोगको लागि आह्वान गरेका थिए। एनआरएन अमेरिकाका अध्यक्ष पदका उमेदवारहरु कृष्ण लामिछाने र बुद्धि सुवेदीले पनि आआफ्नो टिमबाट सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। विगतमा पनि अमेरिकामा विभिन्न संघसस्थाहरुले भूकम्पका बेला मनपरि सहयोग रकम उठाएर हिनामिना गरिएको भन्दै यस पटक पनि संस्थाहरुले उठाउन थालिएको रकमको पारदर्शितामाथि प्रश्न चिन्ह खडा भएका छन्। नेपालमा कोरोना बढी रहेको बेला अमेरिकामा रहेका अन्य संघ संस्थाहरुले पनि रकम उठाउन थालेका छन्।

प्रकाशित: २६ वैशाख २०७८ ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App