७ आश्विन २०८१ सोमबार
image/svg+xml

आइसोलेसन बन्यो, सञ्चालनमा आएन

अक्सिजन अभावमा उपमहानगरपालिकाले बनाएको आइसोलेसन सञ्चालनमा नआएको हो। उपमहानरका मेयर घनश्याम पाण्डेले आइसोलेसन तयार रहे पनि अक्सिजन नहुँदा बिरामी राख्न नसकिएको बताए।

कोरोनाका कारण तीन दर्जन शिक्षकको मृत्यु : खोपविना स्कुलमा पाइला नटेक्ने

शिक्षाकर्मीहरुका लागि तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउनुपर्ने अन्यथा ‘नो स्कुल रिजुम्स, विथआउट भ्याक्सिन’ नारालाई आत्मसात गर्ने समेत बताए।

अभिनेत्री कंगना रनावतलाई कोरोना संक्रमण

बलिउड अभिनेत्री कंगना रनावतलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको छ। उनले आफ्नो ईन्स्टाग्राममार्फत् आफूलाई कोरोना पुष्टि भएको उल्लेख गरेकी छिन्।

बैतडीमा कोरोनाबाट थप एकको मृत्यु

बैतडीमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। जिल्ला अस्पतालमा उपचाररत मेलौली नगरपालिका–२ का ५८ वर्षीय पुरुषको शनिबार बिहान सवा ६ बजे मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिए।

'हमर त आशके डिबिया मुझा गेलै'

‘काकाका जिगरी दोस्त पनि टाढिएका छन्,’ जनार्दन भन्छन्, ‘सरकार त कहिल्यै हामीसँग नजिक थिएन, तर समाज पनि टाढिएको देख्दा मन फाट्छ। जो दिन रात हाम्रो दरबाजा (आँगन) मा गफिएर बस्थे, अहिले उनीहरू नचिनेझैँ गर्छन्।’

१५ सांसदसहित ६९ जनालाई संक्रमण, एक कर्मचारीको मृत्यु

संसद् सचिवालयले गरेको कोरोना परीक्षणमा ६९ जनामा कोरोना भाइरस पुष्टि भएको छ। शुक्रबार बेलुकीसम्ममा १५ जना सांसद र अन्य कर्मचारी, सुरक्षाकर्मी गरी ६९ जनामा कोरोना संक्रमण भएको संसद् सचिवालयले जनाएको छ।

अक्सिजन अभावमा भक्तपुरमा दुई संक्रमितको मृत्यु

भक्तपुरको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जनालाई दिँदै गरेको अक्सिजन सकिएपछि मृत्यु भएको हो।

पिसिआर परीक्षण गराउन पालो कुर्दाकुर्दै एक जनाको मृत्यु

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पुगेका ब्यक्तिको अस्पताल परिसरमै मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ५ का ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो करिव साढे ३ बजेतिर मृत्यु भएको हो । परिवारका अनुसार उनी विगत ८/१० दिनदेखि बिरामी थिए । ज्वरो र टाईफाईटले सताएको भन्दै उनले घरमै बसेर औषधि लिइरहेका थिए ।

वैकल्पिक शिक्षण व्यवस्था गर्न विद्यालयलाई निर्देशन

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विद्यालयहरु बन्द छन् । निर्धारित परीक्षा स्थगित गरिएको छ । किताव कापी बोकेर विद्यालयमा हुनुपर्ने विद्यार्थी घर–घरमा छन् । घर बस्दा विद्यार्थीको लेखपढ गर्ने बानीमा परिवर्तन आउने र पढिजानी सकेका विषय समेत भुल्ने खतरा छ । यही तथ्यलाई मध्यनजर गर्दै खोटाङको जन्तेढुंगा गाउँपालिकाले वैकल्पिक शिक्षण कार्यक्रम सञ्चालनका लागि विद्यालयलाई निर्देशन दिएको छ ।

घरघरमा पुगी उपचार गर्दै स्वास्थ्यकर्मी

चारैतिर स्वास्थ्य समस्या भएको बिरामीले स्वास्थ्यकर्मीको उपचार नपाइरहेको अवस्थामा रौतहटको राजदेवी नगरपालिकाका स्वास्थ्यकर्मीले गाउँगाउँ र टोलमा पुगेर बिरामीको औषधोपचार गरिरहेका छन्।

कोरोनाविरुद्ध अग्रभागमा खटिने २५ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहर नेपालमा पनि तीव्र रुपमा बढीरहेको छ। संक्रमणको दर वृद्धि भएसँगै अग्रभागमा खटिने सुरक्षाकर्मीमध्ये प्रदेश नं. १ मा २५ जना संक्रमित भएका छन् ।

'शव ब्यवस्थापनमा शत प्रतिशत सुरक्षाको विधि अपनाउँछौं'

नयाँ भेरियन्टसहित दोस्रो चरणमा तीव्र रुपमा फैलिएको कोरोना संक्रमणको अवस्था झन् भयावह छ । नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि अहिले दैनिक रुपमा ८ देखि १६ जनाको मृत्यु भइरहेको छ ।

९ हजार १९६ संक्रमित थपिँदा २ हजार ९ सय ५ निको, ५० को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको विवरण अद्यावधिक गर्दै सोको संख्यामा कोरोना संक्रमित थपिएको जनाएको छ।

सरकारद्वारा सेरमको बचाउ : सेरममा आगलागी हुँदा खोप नपाएको जिकिर

आफूबाट भएको कमजोरी नस्विकारी सरकारले भारतको सेरम इन्ष्टिच्युटमा भएको आगलागीलाई बहाना बनाएर खोप नल्याउन पुनः अर्को बहाना पाएको छ।

भेरी अस्पताल र मेडिकल कलेजमा थप १० जनाको मृत्यु

बाँकेमा थप १० जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ८, बर्दिया र कैलालीका एक/एक जना रहेका छन् । नेपालगन्ज–१० बाँकेकी ५४ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्