८ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

घरघरमा पुगी उपचार गर्दै स्वास्थ्यकर्मी

कोरोना महामारीको समयमा रौतहटको एक नगरपालिकाका स्वास्थ्यकर्मीले घरघरमा पुगेर बिरामीको उपचार गरिरहेको छ। स्वास्थ्यमा समस्या देखिएका बिरामीको घरमै पुगेर स्वास्थ्यकर्मीले औषधिसमेत वितरण गरेको छ ।  

चारैतिर स्वास्थ्य समस्या भएको बिरामीले स्वास्थ्यकर्मीको उपचार नपाइरहेको अवस्थामा रौतहटको राजदेवी नगरपालिकाका स्वास्थ्यकर्मीले गाउँगाउँ र टोलमा पुगेर बिरामीको औषधोपचार गरिरहेका छन्।  

राजदेवी नगरपालिकाले गठन गरेको र्‍यापिड रेस्पोन्स टिमले नगरभित्रका कुनै पनि गाउँ वा टोलका नागरिकलाई ज्वरो, रुघाखोकी, बान्ता, झाडापखालाजस्ता रोग लागेको जानकारीमा आउना साथ घरमै पुगी उपचार र औषधि गरिरहेको छ। नगरपालिकाले कोरोना महामारीविरुद्ध स्वास्थ्यकर्मी सहितको र्‍यापिड रेस्पोन्स टिम गठन गरेको छ।  

स्वास्थ्यमा कुनै किसिमको समस्या भएको देखिएको जोसुकैलाई स्वास्थ्यकर्मीले सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर घरमै सेवा पुर्‍याएका छन्।

स्वास्थ्यकर्मीहरुको सकारात्मक व्यवहारले बिरामीलाई पनि मनोवैज्ञानिक राहत मिलेको स्थानीयको भनाइ छ।  

‘र्‍यापिड रेस्पोन्स टिमका सदस्यहरु पनि कतैबाट कुनै समस्या आएको खबर पाउनासाथ बिरामीकहाँ पुग्ने गरेका छन्। नगरको स्वास्थ्यको विषयमा टिमले सचेततापूर्वक काम गरिरहेको छ’, टिमका एक सदस्यले भने।

प्रकाशित: २४ वैशाख २०७८ १४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App