८ आश्विन २०८१ मंगलबार
image/svg+xml

संक्रमितको शव लैजानै समस्या

कोरोना संक्रमणबाट निधन भएका मध्ये सबैका आफन्तले शव व्यवस्थापनमा निकै धेरै समस्या भोग्नु परिरहेको छ।

कोरोनाको आगोमा रोम बन्दै नेपालगन्ज

नेपालगन्ज पीडाले जलिरहेको छ। सरकार सत्ताको बासुरी बजाउँदैमा मस्त छ। अहिले हामीलाई निरो हैन, ‘हिरो’को खाँचो छ। जसले नेपालगन्जको आगो निभाओस्।

कोरोना संक्रमण भयावह बनेपछि नेपालगन्जमा दीप प्रज्वलन

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण भयावह बनेपछि बाँकेमा दीप प्रज्वलन गरिएको छ। कोरोना संक्रमितको शिघ्र स्वास्थ्यलाभका साथै अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत सबैको मनोवल बढाउन तथा महामारीमा दिवंगतहरुको आत्माको शान्तिका लागि दीप प्रज्वलन गरिएको हो।

उदयपुरमा वैशाख मसान्तसम्म निषेधाज्ञा

जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) उदयपुरको बिहीबारको बैठकले २४ गते राति १२ः०० बजेदेखि आउँदो ३१ गतेसम्म एकसाता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो।

वीपी प्रतिष्ठानमा ३ जना कोरोना संक्रमितको निधन

कोभिड १९ अस्पतालमा उपचाररत सुनसरीको धरान, सिराहाको गोलबजार र मोरङको मिक्लाजुङका संक्रमितको निधन भएको प्रतिष्ठानले जानकारी दिएको छ।

सांसद जीवनरामले बनाए ५० बेडको आइसोलेसन

कोरना भाइरसबारे सचेतना जगाउने उद्देश्यले काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित संघीय सांसद जीवनराम श्रेष्ठले निःशुल्क मास्क, साबुन र कोभिडसम्बन्धी जानकारी भएको पात्रो वितरण गरेका छन्।

मोरङमा जेठ १ गतेसम्म निषेधाज्ञा

बिहीबार बसेको जिल्ला कोरोना संक्रमण नियन्त्रण समितिको बैठकले जेठ १ गतेसम्म जिल्लाभर निषेधाज्ञा गर्न मोरङका प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको थियो।

आरोपप्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला होः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना भाइरसविरुद्ध एक जुट हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन्। सरकारका प्रवक्ता गुरुङले कोरोना भाइरस महामारीका समयमा सरकारको आलोचना मात्रै गर्नेभन्दा पनि सकारात्मक ढङ्गबाट आआफ्ना ठाउँबाट एक जुट भएर सहयोग गर्न सबै राजनीतिक दललाई अनुरोध गरे।

कोरोनाले रौतहटमा लियो नौ जनाको ज्यान

कोरोनाको दोस्रो लहरले रौतहटमा अहिलेसम्म नौ जनाको ज्यान लिएको छ। गत दश दिनको अवधिमा कोरोना भाइरस संक्रमणका कारण रौतहटमा नौ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

अक्सिजन अभाव : छट्पटाउँदै जान्छ ज्यान

दैनिक ५ सय सिलिण्डर अक्सिजन खपत भैरहेको यो अस्पतालले १ हजार सिलिण्डर अक्सिजनको माग गरिरहेको छ । अस्पतालमा आयात हुने अक्सिजन अस्पतालमा पुगिरहेकै छैन । फलतः दिनहुँ केहि घण्टा बिरामीहरुले अक्सिजन पाउँदैनन् ।

कपिलवस्तुकाे अस्पतालममा कोरोना संक्रमित भरिभराउ, भुईंमा उपचार गर्न बाध्य

कपिलवस्तुको जिल्ला अस्पतालममा रहेका बेडहरु संक्रमितहरुले भरिन थालेपछि बिरामीहरुलाई भुईंमा राखेर उपचार बाध्य भएको अस्पतालले जनाएको छ।

घरभन्दा बाहिर भेटे ठाउँको ठाउँ कारबाहीको तयारीमा प्रजिअ

कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले फुङ्लिङस्थित तोक्मे क्षेत्रमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि ‘सिल’ गर्ने निर्णय गरेको हो।

९१ जना पत्रकारहरु संक्रमित

संक्रमित हुनेमा रासस, रेडियो नेपाल, गोरखापत्र, कान्तिपुर टेलिभिजन, कान्तिपुर, राजधानी, नेपाल टेलिभिजन, माउन्टेन, नेपाल प्रेस, एभीन्यूज, मेट्रो एफएम, नयाँ पत्रिका, सामुदायिक सूचना नेटवर्क, नेपाल लाइभ, पहिलो पोष्ट/विजमान्डु, नेपालखबर, इमेज, कान्तिपुर एफएम, हिमालयन टेलिभिजन, नेपाल रिपब्लिक मिडिया, अनलाइन खबर, च्यानल नेपाल, मिडिया होम, रातोपाटी र नेपाल न्यूज एजेन्सीका पत्रकारहरु रहेका छन्।

रसुवाको एकै गाउँमा ४३ जनामा कोरोना संक्रमण

रसुवाको नौकुण्ड गाउँपालिका–५, भोर्लेका एकै गाउँका ४३ जनामा कोरोना पोजेटिभ देखिएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार ४६ जनाको परीक्षण गर्दा ४० जनामा कोरोना पोजेटिभ देखिएको हो।

बाँकेमा २१ दिनभित्र १ सय १५ जनाको मृत्यु

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोना भाइरसको नयाँ भेरियन्ट सुरु भएयता बैशाख १ देखि २१ गतेभित्र मृत्यु भएका मध्ये ६९ पुरुष र ४६ जना महिला रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्