१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घरभन्दा बाहिर भेटे ठाउँको ठाउँ कारबाहीको तयारीमा प्रजिअ

एउटै गाउँका ५८ जनाको कोरोना परीक्षणमा ४८ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएपछि ताप्लेजुङको तोक्मे क्षेत्रलाई सिल गरिने भएको छ।

कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले फुङ्लिङस्थित तोक्मे क्षेत्रमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि ‘सिल’ गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले स्थिति जटिल बन्दै गएको बताउँदै तोक्मे क्षेत्रमा सिल गरिने र घरभन्दा बाहिर निस्किए संक्रामक रोग निवारण ऐन अनुसार ठाउँको ठाउँ कारवाही गर्ने नीति लिएको जानकारी दिए।‘आफैंमा निशेधाज्ञा छ,तर पनि अबको प्रशासनिक उपस्थिति पहिले भन्दा कडाइ र ठाउँको ठाउँ कारवाही गर्ने उद्देश्यप्रेरित हुने छ’ प्रजिअ पाण्डेले भने।

ताप्लेजुङमा बिहीबारमात्र ताप्लेजुङमा ४८ जना कोरोना संक्रमित थपिएका छन्। थपिएकामध्ये २४ महिला र २४ पुरुषको रिर्पोट पोजेटिभ आएको प्रजिअ पाण्डेले बताए। बुधवार मात्र ताप्लेजुङमा ३२ जना कोरोना संक्रमित थपिएका थिए। 

प्रकाशित: २३ वैशाख २०७८ ११:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App