यो सरकार ढल्दैन: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रगतिबाट आत्तिएकाले मात्र आफ्नो राजीनामा मागेको भन्दै सरकारले काम गरेन भन्नेहरूलाई ‘काम नभएका र अस्थिरता चाहने झुण्ड’ को संज्ञा दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रगतिबाट आत्तिएकाले मात्र आफ्नो राजीनामा मागेको भन्दै सरकारले काम गरेन भन्नेहरूलाई ‘काम नभएका र अस्थिरता चाहने झुण्ड’ को संज्ञा दिए।
प्रधानमन्त्री केपी शर्मा ओली निर्धारित समय भन्दा करिव डेढ घण्टा ढिलो गरी मात्र ताप्लेजुङको दुगर्म गाउँ घुन्सा पुगेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली केहिबेरमा ताप्लेजुङको दुर्गम स्थान घुन्सा आइपुग्दै छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ताप्लेजुङको घुन्सामा आउने गरी तय भएको दोस्रो पटकको तालिका पनि स्थगित भएको छ।
प्रदेश १ का १४ जिल्लाका अस्पतालहरुमा ताप्लेजुङ अस्पताल उत्कृष्ट बनेको छ। ३ वटा बिधाहरुलाई आधार मानेर कूल ७ सय ६० अंकको कार्य सम्पादन मूल्याङ्कनमा ताप्लेजुङ अस्पतालले ७५ प्रतिशत अंक प्राप्त गरी प्रदेशभरमा उत्कृष्ट बन्न सफल भएको हो।
ताप्लेजुङ फेरी कोरोना शुन्य संक्रमित जिल्ला बनेको छ। प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइ सहित पछिल्ला ८ जना संक्रमितको कोरोना रिर्पोट नेगेटिभ आएको छ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) ताप्लेजुङले शिक्षा ऐन तथा नियमावलीले निर्दिष्ट गरेका शुल्कहरु संकलन गर्न पाउने व्यवस्थाका लागि स्थानीय सरकारको ध्यानाकृष्ट गरेको छ ।
कोभिड–१९ को पहिचानका लागि गरिने पीसीआर परीक्षणको दाएरा फराकिलो बनाउन ताप्लेजुङमा जिल्ला तहमा समेत कोष खाता सञ्चालन हुने भएको छ ।
ताप्लेजुङबाट रोजगारी, भ्रमण अध्ययन र उपचारका लागि विदेशिएका नागरिकको संख्या ७ हजार २१६ जना रहेको पाइएको छ ।
शनिवारबाट ताप्लेजुङमा १ जना मात्र क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा रहेका सबैको र्यापिड डाईग्नोस्टिक टेष्ट(आरडिटी) परीक्षण गरेर रिपोर्टका आधारमा क्वारेन्टाइनबाट होम क्वारेन्टाइनमा पठाइएपछि यहाँका स्थानीय तहले बनाएका क्वारेन्टाइनमा अहिले जिल्ला भरमा १ जना मात्र रहेका छन् । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार शनिबार पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ३ तिरिङ्गेमा १७ जनाको आरडिटी परीक्षण गरिएको छ ।
कोरोना भाइसरका कारण त्रसित र आर्थिक मन्दीले चौपट बनेको जनजीवनमा मल्हमपट्टि गर्दै ताप्लेजुङमा पनि घरभाडा छुट दिने निर्णय कार्यान्वयमान आउन थालेको छ ।
लकडाउनका कारण छाक टार्न नै समस्यामा परेका घररिवारलाई दिईने राहत ताप्लेजुङमा अहिले सम्म ३ हजार ३ सय १३ परिवारलाई वितरण गरिएको कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिले जनाएको छ ।
ताप्लेजुङका अग्निपीडितले सरकारसँग बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण मिनाहासहित सात बुँदे माग राखेका छन् ।
कोरोना कहरले थलिएको मानवीय जीवनमा थप नुनचुक भर्नेगरी शुक्रबार राति ताप्लेजुङ सदरमुकाम फुङ्लिङको ट्याक्सी स्टेन छेउमा भएको आगलागीबाट ८ वटा जलेर नष्ट भएका छन् ।
ताप्लेजुङ सदरमुकाम फुङ्लिङको माथिल्लो रोडस्थित ट्याक्सी लाईन क्षेत्रमा शुक्रबार राति भएको आगलागीको क्षति संकलन तथा पीडित व्यवस्थापनका काम सुरु भएको छ । जलेका घरका अवशेषहरु उत्खनन् गर्ने र वास्तबिक क्षति संकलनको कार्य सुुरु भएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।