१५ चैत्र २०८० बिहीबार
समाज

९१ जना पत्रकारहरु संक्रमित

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दोस्रो लहरका कारण ९१ जना पत्रकारहरू संक्रमित भएका छन्।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिका अनुसार विभिन्न शाखा र सञ्चारमाध्यममा आवद्ध पत्रकारहरु संक्रमित भएका हुन्। संक्रमित हुनेमा रासस, रेडियो नेपाल, गोरखापत्र, कान्तिपुर टेलिभिजन, कान्तिपुर, राजधानी, नेपाल टेलिभिजन, माउन्टेन, नेपाल प्रेस, एभीन्यूज, मेट्रो एफएम, नयाँ पत्रिका, सामुदायिक सूचना नेटवर्क, नेपाल लाइभ, पहिलो पोष्ट/विजमान्डु, नेपालखबर, इमेज, कान्तिपुर एफएम, हिमालयन टेलिभिजन, नेपाल रिपब्लिक मिडिया, अनलाइन खबर, च्यानल नेपाल, मिडिया होम, रातोपाटी र नेपाल न्यूज एजेन्सीका पत्रकारहरु रहेका छन्।

प्रतिष्ठान प्रदेश अध्यक्ष बालकृष्ण अधिकारीका अनुसार प्रतिष्ठान प्रदेशबाट निर्वाचित एक केन्द्रीय सदस्य, प्रदेश समितिका एक सदस्य, प्रतिष्ठान शाखाका दुई अध्यक्ष, निर्वतमान केन्द्रीय सचिवसहित केही पदाधिकारी पनि संक्रमित भएका छन्।

संक्रमितमध्ये च्यानल नेपालका शाखा अध्यक्षको मनमोहन अस्पतालमा उपचार भइरहेको छ। अन्य पाँच जनाको पाटन, नर्भिक, टेकु, प्रहरी हस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बुसहितका अस्पतालमा उपचार भइरहेको छ। बाँकी घर, होटलमा आइसोलेसनमा छन्।

प्रकाशित: २३ वैशाख २०७८ ०९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App