८ आश्विन २०८१ मंगलबार
image/svg+xml

गोरखामा पनि निषेधाज्ञा

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बुधबारको बैठकले गोरखामा कोरोना संक्रमण ब्यापक रुपमा बढेको भन्दै जिल्लाभर निषेधाज्ञा जारी गरेको हो।

सेनाले अवकास प्राप्त स्वास्थ्यकर्मीलाई काममा बोलाउने

नेपाली सेनाले अवकास प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउने तयारी गरेको छ । नयाँ भेरियन्टको कोरोना संक्रमण तीव्र भएपछि नियन्त्रण तथा आवश्यक उपचारको बन्दोबस्त गर्न सेनाले अवकास प्राप्त स्वास्थ्यकर्मीहरुलाई बोलाउने तयारी गरेको हो । त्यसका लागि सेनाले सम्बन्धितलाई निर्देशन समेत दिइसकेको छ।

धरानमा कोरोना संक्रमित वृद्धको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित कोभिड अस्पतालमा उपचारको क्रममा धरान १२ का ७१ वर्षीय वृद्धको निधन भएको हो।

भारतमा एकै दिन तीन हजार ७ सय बढीको मृत्यु, तीन लाख ८२ हजार संक्रमित

कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७ सय ८० जनाको मृत्यु भएको छ। बुधबार बिहान सार्वजनिक विवरणमा भारतमा कोभिड–१९ बाट कूल संक्रमितको संख्या दुई करोड सात लाख पुगेको उल्लेख छ।

कोरोना संक्रमित महिलाकाे कोखबाट स्वस्थ नवजात शिशुकाे जन्म

अचम्मको कुरा कोरोना संक्रमित आमाले आफ्नै कोखबाट जन्म दिएको नवजात शिशुलाई भने कोरोना सक्रमण भएको छैन। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यो साता मात्रै तीन जना कोरोना संक्रमित महिलाले स्वस्थ बच्चा जन्माइसकेका छन्।

बैतडीमा कोरोनाबाट शिक्षकको मृत्यु

‘ती शिक्षकलाई अस्पताल पर्‍याउँदा बेहोस अवस्थामै थिए। अक्सिजन दिएपछि होसमा आएपनि राती उनको मृत्यु भयो।’ कोरोना संक्रमित ति शिक्षकको शरीरमा अक्सिजनको मात्रा निकै कम भएकाले मृत्यु भएको डा.जोशीले बताए।

कोरोना संक्रमणबाट बाँकेमा थप दुईको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा थप २ जनाको मृत्यु भएको छ। भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

वीपी प्रतिष्ठानमा उदयपुरका संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड १९ अस्पतालमा उदयपुरका एक कोरोना संक्रमित वृद्धको निधन भएको छ।

विकासे रकम कोरोना नियन्त्रणमा

स्थानीय तह, प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालहरूमा समेत गरी एक हजार नौ सय ५० आइसोलेसन, आइसियु ६२, भेन्टिलेटर ३४ र एचडियु ५० शय्या रहेका छन्। थप आइसोलेसन, आइसियु भेन्टिलेटर र एचडियु व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारले आवश्यक तयारी गरिरहेको छ।

चिकित्सक कोरोना उपचारमा खटिँदा ओपिडी सेवा बन्द

कोरोना संक्रमणको जोखिम बढेको भन्दै जोखिम कम गर्न ओपिडी सेवा बन्द गरेको हो। आकस्मिक सेवामार्फत उपचार भइरहेको निमित्त अस्पताल निर्देशक डा.राजीव शाहले जानकारी दिए।

जनप्रतिनिधिको सेवा सुविधा कोरोना कोषमा

सोमबार गाउँपालिका अध्यक्ष अंगदकुमार रानाको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले एक महिनाको सेवा सुविधा कोरोना संक्रमितको व्यवस्थापनका लागि स्थापना गरिएको कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

कोरोनाले लुट्दै खुसी..

कोभिड अस्पतालको व्यवस्थापन भद्रगोल अवस्था छ। कोभिड अस्पतालमा अक्सिजन, औषधि र बेड अभावमा अस्पतालमा बाहिर बिरामी छटपटाइरहेका छन्। संघीय र प्रदेश सरकारको प्राथामिकतामा नपर्दा सीमित स्रोतसाधनबीच मानिस पुनर्जीवन दिन स्वास्थयकर्मीलाई हम्मेहम्मे परेको छ।

दुई बेहुलीसहित तीन युवतीको कोरोनाबाट मृत्यु

सरकारले कोरोना महामारीकाबीच पनि बिहेको अनुमति दिइरहेकै बेला बिहे र जात्राामा सरिक तीन युवतीको संक्रमणबाट मृत्यु भएको छ। राजधानीका कोभिड उपचारमा सलग्न अस्पतालका अनुसार उनीहरूको कोरोनाका कारण निमोनिया भएपछि मृत्यु भएको हो।

एकै दिन ५५ को मृत्यु

विगत २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट एकै दिन यति धेरैको मृत्यु भएको यो पहिलोपटक हो। मंगलबारसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ४ सय १७ पुगेको छ।

कोहलपुर उद्योग वाणिज्य संघले दियो १८ थान सिलिण्डरसहित अक्सिजन

कोरोना संक्रमितको उपचारका लागि कोहलपुर उद्योग वाणिज्य संघले अस्पताललाई अक्सिजन सहयोग गरेको छ। कोहलपुर नगरपालिकाले सञ्चालन गरेको कोभिड अस्थायी अस्पताललाई संघले १८ थान सिलिण्डरसहितको अक्सिजन सहयोग गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्