६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमणबाट बाँकेमा थप दुईको मृत्यु

फाइल तस्बिर

कोरोना संक्रमणबाट बाँकेमा थप २ जनाको मृत्यु भएको छ। भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। बाँके, डुडुवा गाउँपालिका वडा नम्बर ५ का २७ वर्षीय युवकको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनको बुधबार बिहान ४ बजेर ४० मिनेट जादाँ मृत्यु भएको हो। यही वैैशाख १५ गते मेडिकल कलेजमा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएको थियो। भोलिपल्ट उनी मेडिकल कलेजमा भर्ना भएका थिए।  

यस्तै नेपालगन्ज उपमहानगरपालिका ४ का ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा यहि वैैशाख १० गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। सोही दिन भेरी अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि मंगलबार राती ११ बजेर ४५ मिनेट जादाँ मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। यो सँगै बाँकेका मृतक संख्या १ सय ४५ पुगेको छ। यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका १ सय २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

केन्द्रका अनुसार बाँकेमा अहिलेसम्मको कुल संक्रमितको संख्या ११ हजार १ सय १ पुगेको छ । यसमध्ये पुरुष ६ हजार ५ सय ३६ र महिला ४ हजार ५ सय ६५ रहेका छन् । बाँकेमा २ हजार १ सय ५७ पुरुष र १ हजार ७ सय ८८ महिला गरी कुल ३ हजार ९ सय ४५ जना आइसोलेसनमा बसिरहेका छन्।  

यसमध्ये १ हजार ८ सय ७६ पुरुष र १ हजार ६ सय ८७ महिला गरी ३ हजार ५ सय ६३ जना होम आईसोलेसनमा छन्। भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज तथा अन्य आईसोलेसन सेन्टरमा ३ सय १९ पुरुष र २ सय १० महिला गरी ५ सय २९ जना बसिरहेका छन्। बाहिरी जिल्लाका १ सय ४७ जनाको बाँकेका अस्पताल तथा आईसोलेसन सेन्टरमा उपचार भइरहेको छ । हालसम्म ४ हजार २ सय ९७ पुरुष र २ हजार ७ सय १६ महिला गरी कुल ७ हजार १३ जना डिस्चार्ज भइसकेको केन्द्रले जनाएको छ। 

प्रकाशित: २२ वैशाख २०७८ ०५:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App