२४ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

बैतडीमा कोरोनाबाट शिक्षकको मृत्यु

बैतडीमा कोरोनाबाट एक शिक्षकको मृत्यु भएको छ। पाटन नगरपालिका–१ घर भएका ४४ वर्षीय शिक्षकको कोरोना संक्रमणबाट बुधबार बिहान १ बजेर ४० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

शुक्रबार कोरोना पुष्टि भएका ती शिक्षकलाई मंगलबार राती मात्रै मात्रै जिल्ला अस्पाताल पर्‍याएको जिल्ला अस्पतालका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिए। उनले भने ‘ती शिक्षकलाई अस्पताल पर्‍याउँदा बेहोस अवस्थामै थिए। अक्सिजन दिएपछि होसमा आएपनि राती उनको मृत्यु भयो।’

कोरोना संक्रमित ति शिक्षकको शरीरमा अक्सिजनको मात्रा निकै कम भएकाले मृत्यु भएको डा.जोशीले बताए। यसअघि यही वैशाख १४ गते बैतडीको दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका ३२ वर्षीय पुरुषको कोरोनाका कारण डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। बैतडीमा हालसम्म कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ।

प्रकाशित: २२ वैशाख २०७८ ०६:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App