coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

बुस्टर डोज नलगाउने ५५ हजारभन्दा कम

कोरोनाविरुद्धको खोप बुस्टर डोज लगाउनेको मात्रा ज्यादै कम भएको भन्दै स्वास्थ्य कार्यालय ताप्लेजुङले बुस्टर डोज लगाउन प्रेरित गर्नुपर्ने निष्कर्ष निकालेको छ।

भारतमा एक दिनमा ६ हजार भन्दा बढी कोरोना संक्रमित

हाल भारतमा ४९ हजार छ सय ३६ जना सक्रिय संक्रमित छन्। नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढेको छ। बुधबार ६ हजार सात सय ६८ जना कोरोना मुक्त भएका छन्। हालसम्म कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या चार करोड ३९ लाख छ हजार नौ सय ७२ पुगेको छ।

कोरोना प्रभावितलाई एक अर्ब बराबरको कर्जा प्रवाह

सरकारले कोरोनाबाट प्रभावित पर्यटन तथा घरेलु उद्योगका कर्मचारी तथा श्रमिकका लागि चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा एक अर्ब बराबरको कर्जा उपलब्ध गराएको छ।

लुम्बिनी प्रदेश: कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत

कोभिड-१९ (कोरोना भाइरस) बाट मृत्यु भएको परिवारलाई राहतस्वरुप दिने भनिएको रकम लुम्बिनी प्रदेश सरकारले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएको छ।

सहुलियत कर्जामा एक खर्ब २२ अर्ब लगानी

कोरोनाबाट प्रभावित व्यवसायीलाई प्रदान गर्नका लागि अगाडि सारिएको पुनरकर्जा, सहुलियतपूर्ण कर्जा कार्यक्रममा एक खर्ब २२ अर्ब ७० करोड बराबरको लगानी भएको छ।

कोरोनाबाट थप एकको मृत्यु

बैतडीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ। जिल्ला अस्पतालमा उपचाररत एक वृद्धको आज मृत्यु भएसँगै बैतडीमा मृतकको सङ्ख्या १८ पुगेको हो।

कोरोनाबाट मृत्यु भएका परिवारलाई गाउँपालिकाले ५० हजार दिने

दैलेखको महाबु गाउँपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएमा परिवारलाई ५० हजार रुपैयाँ दिएको छ। कोरोना संक्रमितको निःशुल्क उपचार पनि गर्दै आइरहेको गाउँपालिकाले मृत्यु भएका किरिया खर्चबापत नगद ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो।

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१० पुग्यो

कर्णालीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ।

उपप्रमुख चौधरीको कोरोनाबाट मृत्यु

सप्तरीको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै मृत्यु भएको कञ्चनरुप नगरपालिका निवासी उत्तम आचार्यले जानकारी दिए।

संचार उद्यमी महिलाको कोरोनाबाट निधन

रौतहटका एक संचार उद्यमी महिलाको कोरोना संक्रमणले निधन भएको छ । जिल्लामा गत वर्षदेखि संचालनमा आएको पहिलो टेलिभिजन रेड टेलिभिजनकी संचालिका रामा यादवको कोरोना संक्रमणका कारण मंगलवार निधन भएको हो ।

बैतडीमा कोरोनाबाट थप एकको मृत्यु

बैतडीमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। जिल्ला अस्पतालमा उपचाररत मेलौली नगरपालिका–२ का ५८ वर्षीय पुरुषको शनिबार बिहान सवा ६ बजे मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिए।

बैतडीमा कोरोनाबाट शिक्षकको मृत्यु

‘ती शिक्षकलाई अस्पताल पर्‍याउँदा बेहोस अवस्थामै थिए। अक्सिजन दिएपछि होसमा आएपनि राती उनको मृत्यु भयो।’ कोरोना संक्रमित ति शिक्षकको शरीरमा अक्सिजनको मात्रा निकै कम भएकाले मृत्यु भएको डा.जोशीले बताए।

दुई बेहुलीसहित तीन युवतीको कोरोनाबाट मृत्यु

सरकारले कोरोना महामारीकाबीच पनि बिहेको अनुमति दिइरहेकै बेला बिहे र जात्राामा सरिक तीन युवतीको संक्रमणबाट मृत्यु भएको छ। राजधानीका कोभिड उपचारमा सलग्न अस्पतालका अनुसार उनीहरूको कोरोनाका कारण निमोनिया भएपछि मृत्यु भएको हो।

कोरोनाबाट ज्यान गुमाएका शिक्षकका परिवारलाई १० लाख दिन माग

स्थायी शिक्षक हकहित मञ्चलेनयाँ भेरियन्टको कोरोना भाइरसबाट ज्यान गुमाएका शिक्षक परिवारलाई १० लाख रुपैयाँ दिन माग गरेकाे छ। मञ्चले कोरोना संक्रमणका कारण निधन भएका शिक्षकको परिवारलाई राहत स्वरुप तत्काल १० लाख रुपैयाँ दिन माग गरेको हो।

कोरोनाबाट बच्न खानुस् यी खानेकुरा

कोरोनाको दोस्रो लहर बढेसँगै मानिसमा फेरि एक किसिमको डर र त्रास देखिएको छ। अहिलेको समयमा स्वस्थ्य रहनु नै सबैभन्दा उच्च उपाय हो। सरकारले दिएको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्नुको साथै आफ्नो जीवनशैलीमा अत्यन्त सतर्क रहनुपर्छ। खानपान तथा व्यायाममा त्यत्तिकै ध्यान दिनु आवश्यक रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्