२४ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

विराटनगरमा औद्योगिक प्रदर्शनी हुने

पत्रकार सम्मेलनमा औद्योगिक प्रदर्शनीबारे जानकारी दिँदै उद्योग संगठन मोरङका पदाधिकारीहरू। तस्बिर: चुमन बस्नेत/नागरिक

विराटनगरमा उद्योग संगठन मोरङले विराट एक्स्पो–२०२५ आयोजना गर्ने भएको छ।

शिथिल अवस्थामा रहेको स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन र स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको आयोजक उद्योग संगठन मोरङले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

स्थानीय डिग्री कलेजको मैदानमा माघ ११ गते देखि आयोजना हुने एक्स्पो माघ २० गतेसम्म सञ्चालन हुने उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले जानकारी दिए।

एक्स्पोका लागि करिब ३ करोड रुपैयाँ खर्च हुने जानकारी दिँदै अध्यक्ष सुरानाले विभिन्न थिम्याटिक सेसनसहित रोजगारी, विराट बजार विटुबी, अटोमोबाइल्स, औद्योगिक, कृषि, कर्पोरेट लगायतका स्टल रहने जानकारी दिए।

पत्रकार सम्मेलनमा एक्स्पोका संयोजक भोलेश्वर दुलालले २ सय ६८ वटा स्टल रहने एक्स्पोले क्रेता सर्वसाधारणबिच आकर्षण बढाउने विश्वास लिएको बताए। स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेको एक्स्पोमा विदेशी उत्पादनसमेत प्रदर्शनीमा राखिने संयोजक दुलालले जानकारी दिए।

रोजगार कोशीसहित ९ वटा पवेलियनमा २ सय ६८ वटा स्टल राखिने छ। सो क्रममा प्राविधिक तालिम लिन चाहनेहरुलाई समेत अवसर दिने तयारी गरिएको छ।

एक्स्पो आयोजना गर्नका लागि पेवेलियन तथा स्टल निर्माणको काम सुरु गरिएको छ। पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले मेला, महोत्सवले शिथिल अवस्थामा रहेको बजारलाई केही हदसम्म भए पनि चलायमान बनाउने धारणा राखे।

प्रकाशित: २२ पुस २०८१ १९:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App