६ आश्विन २०८१ आइतबार
image/svg+xml

सांसद जानकीदेवीले शपथ लिइन

सिरहाकी राम इलामकी सानु सिवाको निधनपछि रिक्त रहेको स्थानमा निर्वाचित भएकी हुन। उनको सपथसँगै नेकपा एमालेको प्रतिनिधिसभामा सांसद संख्या १२१ पुगेको छ।

सदनमा प्रधानमन्त्रीको राजीनामा माग

ओली नेतृत्वकै सरकारका तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङलाई बोल्दा एउटा शब्द गलत प्रयोग भएपछि नैतिकताका आधारमा राजीनामा दिन लगाइएको र सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनसम्बन्धी अडियो टेप सार्वजनिक भएपछि नैतिकताका आधारमा राजीनामा दिएको प्रसंग कोट्याउँदै सांसद पम्फा भुसालले भनिन्, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक ठहरिएपछि प्रधानमन्त्रीले चाहिँ नैतिकता देखाउनु पर्दैन ?’

मन नलागी-नलागी ‘घर फिर्ता’

‘सर्वोच्चले गरेको फैसला निकै अप्रत्यासित भयो, फेरि पुरानै घरमा फर्कनु पर्ने परिकल्पना म मा थिएन,’ उनले भने ‘तर पनि सर्वोच्चले पुरानै घर खडा गरिदिएपछि त्यहाँ फर्कनुको बिकल्प रहेन ।’ तर ओलीविरुद्धको बैचारिक लडाईँ भने समाप्त भैनसकेको उनि बताउँछन् ।

सत्ताका लागि खुट्टा उचालेर हल्का नबन्नुस् : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तामा जान खुट्टा उचाल्नुभन्दा प्रतिनिधिसभामा प्रतिपक्षीको भूमिकालाई प्रभावकारी बनाउन सांसदलाई निर्देशन दिएका छन्। कांग्रेस संसदीय दलको शुक्रबार बानेश्वरमा बसेको बैठकमा सभापति देउवाले सरकारको मात्र कुरा गरेर पार्टी र आफूलाई हल्का बनाउने काम नगर्न पनि आग्रह गरे।

सांसदको शैक्षिक स्तर: आठ जना साक्षर मात्र, २० जनाले योग्यता नै लुकाए

संघीय संसद्ले उपलब्ध गराएको विवरणअनुसार राष्ट्रिय सभाका कुल ५९ सदस्यमध्ये ३२ जना मात्र कम पढेलेखेको समूहमा पर्छन्। तीमध्ये चारजना साक्षर मात्र छन्। आधारभूत तहदेखि कक्षा १२ सम्म पढेका २८ जना छन्। यसैगरी नौ सदस्यले स्नातक र १४ जनाले स्नातकोत्तर तह पूरा गरेका छन्। विद्यावारिधि गर्ने दुई सदस्य छन्। दुई सदस्यले आफ्नो शैक्षिक योग्यता लुकाएका छन्।

ओलीका निर्णयलाई मान्यता नदिन आग्रह

नेकपा ओली समूहले ह्विप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्ने रणनीति अघि सारेपछि दाहाल–नेपाल समूहले ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाइएकाले उनले गरेका निर्णय लागु नगर्न भन्दै संसद् सचिवालयमा पत्र दर्ता गराएको छ।

तानातानमा नेकपा सांसद

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन्। पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ। यसैकारण सांसद तानातानमा परेका हुन्।

प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ।

दाहाल-नेपाल समूहद्वारा प्रदेश १ का मुख्यमन्त्रीसहित ८ सांसद निलम्बित

दाहाल-नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई निलम्बन गरेको छ। मुख्यमन्त्री राईसहित चारजना मन्त्री, प्रमुख सचेतक र तीनजना सांसदहरूलाई तीन महिनाका लागि निलम्बन गरिएको हो।

सत्ताको आडमा सांसद किनबेचको खेल हुँदैछ : घनश्याम भुसाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले सत्ताको आडमा सांसद किनबेचको खेल चलिरहेको दाबी गरेका छन्। प्रेस संगठन नेपाल रुपन्देहीले बिहीबार तिलोत्तमामा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सत्ताको आडमा विभिन्न प्रलोभन देखाएर सांसद किनबेच गरिरहेको आरोप लगाएका हुन्।

सांसदको बजेट टुक्रे योजनामा

संघीय सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि ४० वटा योजनालाई ४ करोड विनियोजन गरिएको छ। संघीय सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्र्तगत म्याग्दीका ६ वटै स्थानीय तहमा विभिन्न शिर्षकमा ४ करोड बजेटलाई विभिन्न ४० योजनामा विनियोजन गरिएको हो।

सभामुख सापकोटाबाट नवनिर्वाचित सांसद पाण्डेलाई शपथ

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उनले शपथ लिएका हुन्।

सांसद गोकर्ण विष्ट भन्छन् : जनता थाल थाप्न बाध्य भइरहेका बेला दसैं भत्ता कसरी लिनु !

यसै क्रममा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट सांसद गोकर्ण विष्टले पनि सरकारबाट उपलब्ध दसैं भत्ता फिर्ताको घोषणा गरेका छन्।

सांसदको दसैं भत्ता, केहीको भयो फिर्ता

‘देश आर्थिक कठिनाइमा रहेको बेला सांसदका लागि दसैं भत्ता उपलब्ध नगराउनु पर्ने हो तर सो नगरेपछि आफूलाई आएको भत्ता फिर्ता गर्न आग्रह गर्दछु। मेरो खातामा जम्मा भइसकेको रकम फिर्ता गर्न कठिनाइ भएमा चेक काटिदिन्छु वा अर्को महिनाको पारिश्रमिकबाट कट्टी गर्न आग्रह गर्दछु।’

सांसदलाई विष्णु रिजालको प्रश्नः दसैं खर्च थाप्न अलिकति लाज लाग्दैन?

नेता रिजालले आइतबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमितले उपचार नपाइरहेको तथा देशको अर्थतन्त्र ओरालो लागिरहेका बेला दसैं खर्च दिनु तथा लिनु अस्वाभाविक भएको टिप्पणी गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्