८ वैशाख २०८१ शनिबार
राजनीति

दाहाल-नेपाल समूहद्वारा प्रदेश १ का मुख्यमन्त्रीसहित ८ सांसद निलम्बित

दाहाल-नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई निलम्बन गरेको छ। मुख्यमन्त्री राईसहित चारजना मन्त्री, प्रमुख सचेतक र तीनजना सांसदहरूलाई तीन महिनाका लागि निलम्बन गरिएको हो।  

आइतबार दाहाल-नेपाल समूहले मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्य इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको हो। निलम्बनको जानकारी आइतबार नै प्रदेशसभामा आएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए।  

बुधबार दाहाल-नेपाल समूहले मुख्यमन्त्री राईसहित ८ जनालाई  २४ घण्टे स्पष्टिकरण सोधेको थियो। दाहाल-नेपाल पक्षका संसदीय दलका नेता भीमप्रसार आचार्यले मुख्यमन्त्री राईसहित ८ जना संसदीय दलको बैठकमा उपस्थित नभएको र पार्टी हित विपरित काम गरेको भन्दै स्पष्टिकरण सोधेका थिए। प्रदेश १ मा नेकपाका दुबै समूह एक अर्कालाई कारबाही र निलम्बन गर्ने होडमा लागेका छन्। नेकपा औपचारिक रुपमा फुटिनसकेको अवस्थामा एक अर्कालाई कारबाही र निलम्बन गर्न थालेपछि प्रदेश १ का सभामुख अलमलमा परेका छन्। माघ ७ गते प्रदेश सभाको बैठक बोलाइएको छ।  

सत्तारुढ नेकपाका दुबै पक्षले एक अर्कालाई निलम्बन गरेपछि कसरी अघि बढ्ने भन्ने विषयमा सभामुख प्रदीपकुमार भण्डारीले कानुनी परामर्श सुरु गरेका छन्। मंगलबार दिउँसो ३ बजे प्रदेशसभा सचिवालयमा भण्डारीले कानुन व्यवसयीहरूसँग राय सुझाव लिन बैठकसेमत बोलाएका छन्।

प्रकाशित: २८ पुस २०७७ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App