coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सत्ताको आडमा सांसद किनबेचको खेल हुँदैछ : घनश्याम भुसाल

प्रेस संगठन नेपाल रुपन्देहीले बिहीबार तिलोत्तमामा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा नेता घनश्याम भुसाल।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले सत्ताको आडमा सांसद किनबेचको खेल चलिरहेको दाबी गरेका छन्। प्रेस संगठन नेपाल रुपन्देहीले बिहीबार तिलोत्तमामा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सत्ताको आडमा विभिन्न प्रलोभन देखाएर सांसद किनबेच गरिरहेको आरोप लगाएका हुन्।

संसद पुनःस्थापना नभए मुलुक अस्थिरता र अराजकताको दुस्चक्रमा फस्ने भन्दै उनले संसद पुनःस्थापनाको विकल्प नभएको दोहोर्‍याए। नेता भुसालले लोकतन्त्र, पार्टी  र जनतासँग गरेको सम्झौता विपरीत संसद विघटन गर्ने प्रधानमन्त्री ओली सजायको भागीदार रहेको समेत बताए। उनले संसद पुनःस्थापना गरेर ओलीलाई सजाय दिन सकिने बताए।

नेता भुसालले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले समेत ढिलासुस्ती गरेको भन्दै चिन्ता व्यक्त गरे। प्रतिनिधि सभा विघटनको मुद्दा प्रथम दृष्टिमै असंवैधानिक रहेको भन्दै उनले महत्वपूर्ण मुद्दामा सर्वोच्चले देखाएको ढिलासुस्तीले न्यायालयमाथि नै प्रश्न उठेको बताए।  

‘प्रधानमन्त्री र राष्ट्रपतिको कदम संविधानको बर्खिलाप छ। लोकतन्त्र र समाजवादविरूद्धको प्रतिगामी र सर्वसत्तावादी कदम हो,’ नेता भुसालले भने,‘अदालती व्यवस्थाअनुरुप पनि संसद विघटन प्रधम दृष्टिमै असंवैधानिक र बदरभागी छ भन्ने देखिन्छ, तर अदालतले यति महत्वपूर्ण विषयमा किन ढिलाइ हुँदैछ?’  

उनले संसद पुनःस्थापनाले मात्रै संविधानको रक्षा हुने र मुलक सही दिशामा जाने बताए।

ओलीले नाकाबन्दीमा लिएको अडानलाई जोडेर संविधान विपरीतको कदमलाइ ठीक हो भन्ने भ्रम फैलाउन खोजिएको भन्दै उनले नगारिक समाज, बुद्धिजीवी र सञ्चार जगतले यसलाई चिर्नु पर्नेमा पनि जोड दिए।

प्रकाशित: २२ पुस २०७७ १२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App