११ मंसिर २०८१ मंगलबार
image/svg+xml

पोखरी अतिक्रमण रोक्न तिलोत्तमालाई पुरातत्वको पत्र

पोखरीकै जग्गा हडपेर डिलमा बसेका नेताको साथ लागेर नगरपालिकाले माथि भवन र तल पानी जमाउने थलोका रूपमा यसलाई प्रयोग गर्न थालेको हो, जसलाई नगरप्रमुख वासुदेव घिमिरेले देशमै पहिलो र नमुना कार्य भनेर अर्थ्याएका छन्।

जटिल रोगका बिरामीलाई गाउँपालिकाको सहायता

आमाको उपचारको लागि आर्थिक सहयोग माग गर्दै सुनखानी गाउँका रामकुमार बुढाथोकी मंगलबार सुनकोसी गाउँपालिकाको कार्यालय आइपुगे । गाउँपालिका अध्यक्ष श्रमणकुमार जिसीसमक्ष निवेदन पेश गरे ।

खोटाङकाे जन्तेढुङ्गा गाउँपालिका गुनासोरहित बन्दै

जन्तेढुङ्गा गाउँपालिकाका स्थानीयवासी एवं सरोकारवालाले गाउँपालिकाले योजना छनोट गर्दा दिगो विकासमा जोड दिनुपर्ने सुझाव दिएका छन्।

अज्ञात समूहकाे कुटपिटबाट नेकपा गाउँकमिटी अध्यक्ष घाइते

अज्ञात समूहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गाउँपालिका कमिटी अध्यक्षलाई कुटपिट गरी घाइते बनाई छाडेका छन्। भित्रिमधेश आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको हो।

सूर्योदयको उदाहरणीय पहल

नगर नीतिको स्रोत नागरिक गुनासो, टोलटोल पुग्दा सर्वसाधारणले राखेको गुनासो सूर्याेदय नगरका जनप्रतिनिधिलाई हरेक वर्ष नयाँ नीति तथा कार्यक्रम ल्याउने स्रोत बनिरहेको छ।

अतिक्रमित सडकपेटी खाली गराइँदै

कलैया उपमहानगरपालिकाले सोमबारदेखि कलैया बजार क्षेत्रको अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ।

उद्योग मन्त्रीसामु उखु किसानको गुनासो

वर्षौंदेखि उखुको भुक्तानी नपाएका कारण आफूहरु दयनीय अवस्थामा पुगेको भन्दै उखु किसानले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग किसानले गुनासो गरेका छन्।

वडा सदस्यहरूले मागे ६० प्रतिशत बजेट

ज्ञापनपत्रमा वडासदस्यहरूले अतिथि सत्कारका लागि मासिक २० हजार रुपैयाँ नगद पाउनुपर्ने मागसमेत राखेका छन्। त्यसैगरी हरेक वडा सदस्यलाई मोटरसाइकल र मासिक २० लिटर पेट्रोल उपलब्ध गराउनुपर्ने माग पनि गरिएको छ।

तिलागुफा नगरपालिकाकी उपप्रमुखले भनिन् , 'म हराएकी छैन, उपचार भइरहेको छ'

कार्यालयलाई जानकारी नै नदिइ गत असोजमा अमेरिका पुगेकी तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली दर्शना सम्पर्कमा आएकी छन्।

सुन्तला खेतीबाट कृषक सन्तुष्ट

अर्घाखाँची पाणिनी गाउँपालिका–१ पणेना सिम्लेका ४५ वर्षीय केशवराज पौडेल आफ्नै आँगनबाट सात लाखको सुन्तला बिक्री हुँदा खुसी छन्।

गाउँपालिका अध्यक्ष ८ लाख घुस रकमसहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्षलाई पक्राउ गरेको छ। ८ लाख रुपैयाँ घुस रकम सहित गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई रंगेहात पक्राउ गरेको हो।

तिलागुफा नगरपालिकाकी उपप्रमुख चार महिनादेखि सम्पर्कविहीन

कालीकोट तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली (दर्शना) नगरपालिकाबाट सम्पर्कविहीन भएको चार महिना वितिसक्यो। उनी नत नगरपालिकाको सम्पर्कमा छिन्। नत नगरपालिका फर्केकी छिन्। असोज महिनामा काठमाडौं जाने भनेर हिडेकी उपप्रमुख नेपाली नगरपालिकामा नफर्केकी हुन्। उपप्रमुख लामो समयमसम्म सम्पर्कमा आउन नसकेपछि दैनिक काम काजमा समेत असर परेको तिला गुफा नगरपालिकाले जनाएको छ।

निर्माण अवरोध हटाउने प्रयास

मर्स्याङ्दी करिडोर २२० केभी डबल सर्किट विद्युत प्रसारण लाइन आयोजना निर्माणमा गोरखामा भइरहेको अवरोध हटाउन पहल सुरु गरिएको छ।

बैतडी गाउँपालिकामा आगजनी, नेकपा अध्यक्षको घरमा बम

बैतडीको डिलासैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा आगजनी र नेकपा जिल्ला अध्यक्ष सुरेन्द्र पालको घरको मुलगेटमा प्रेसरकुकर बम भेटिएका छ। डिलासैनी गाउँपालिका–३ पंसेरामा बुधबार बिहान ३ बजे गाउँपालिकाको वडा नं. ३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्