३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

तिलागुफा नगरपालिकाकी उपप्रमुखले भनिन् , 'म हराएकी छैन, उपचार भइरहेको छ'

काठमाडाैँ - कार्यालयलाई जानकारी नै नदिइ गत असोजमा अमेरिका पुगेकी तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली दर्शना सम्पर्कमा आएकी छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस राख्दै आफू असक्त भएको जानकारी दिएकी हुन्।

ओरालो लागेको मृगलाई सबैले खेद्छ भनेझै आफूले नगर प्रमुख कै अनुमतिमा भ्रमण स्वीकृत गरेर अमेरिका गएको स्पष्ट पारेकी छन्। नगरपालिकाबाट कुनै साथ सहयोग नपाएको बताउदै उपप्रमुख नेपालीले भनिन्, 'प्लेनको सबै खर्च आफन्तहरुले नै उपलब्ध गराएकोे बताएकी हुन्।

अमेरीका बस्दा नगर प्रमुख रतननाथ योगीलाई बारम्बार फोन गर्दा कहिल्यै फोन नउठाएको साथै कार्यकारी अधिकृत उद्धव रिजाल र वडा अध्यक्षहरुसँग पनि कुरा भएको बताएकी हुन्। नगरपालिका संघका महसचिव भिमप्रसाद ढुंगाना र कार्यकारी अधिकृत कलानिधी देवकोटाले नगरपालिका संघको तर्फबाट सहयोग गर्न तयार हुँदाहुँदै पनि उनले सरकारी रकम खर्च नगर्ने बताएकी थिइन्।

आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिँदै उनले भनिन्, 'अहिले म राम्रोसँग बोल्न पनि सक्दिन अलिअलि चल्न सक्ने भएको छु यस्को सबै उपचार भारतका डा. अञ्जीर कुमारले गर्दै हुनुहुन्छ। म पूर्ण रुपमा सन्चाे हुन अझै ५ महिना लाग्छ भनेको छ। तिलागुफाका जनताहरुको माया ममता ममा सधै छ र भैइरहने छ र मैले आफ्नो कर्तब्य भुलेको छैन।'

प्रकाशित: १२ माघ २०७६ ०६:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App