९ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

अराजकता विरूद्ध सडकमा उत्रँदै एमाले

सत्तारूढ दल नेकपा एमाले जागरण सभाका नाममा मंसिर ७ गते सडकमा उत्रिने भएको छ । मंसिर ७ गते काठमाडौँमा जागरण सभा गर्दै आफ्ना नेता कार्यकर्ता सडकमा उतार्ने योजना एमालेको छ । एमालेको काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको संयुक्त आयोजनामा जागरण सभा गर्न लागिएको एमालेले जनाएको छ ।

उक्त जागरण सभाको तयारीका लागि बुधवार एक संयोजन समिति नै बनाइएको छ । पार्टी महासचिव शंकर पोखरेको नेतृत्वमा बसेको बैठकले एमाले बागमती प्रदेशका इन्चार्ज राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय जागरण सभा संयोजन समिति बनाएको हो । समितिको सहसंयोजकमा बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेललाई जिम्मेवारी तोकिएको छ । 

यस्तै सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेबे, समिक बडाल, जनक चौधरी रहेका छन्।

यसरी बनेको संयोजन समितिको पहिलो बैठक पनि बुधवार नै बसेको छ । बैठकले सभालाई प्रभावकारी बनाउन, जनपरिचालन, जनसभा, जनप्रदर्शन समेतको व्यवस्था मिलाएको जनाएको छ।

एमालेले मुलुकमा बढ्दो अराजकता र अस्थिरता विरोध तथा लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनतालाई जागरण गर्ने उद्देश्यले यो सभा आयोजना गर्न लागेको जनाएको छ । 

प्रकाशित: २८ कार्तिक २०८१ १७:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App