५ आश्विन २०८१ शनिबार
image/svg+xml

जनताले जतिसुकै 'नो नट अगेन' भनेपनि ठूला नेताले पहिले नै ‘म्याच फिक्सिङ’गरिसकेः त्रिपाठी

म्याच फिक्सिङ पहिल्यै भइसकेको छ, कसलाई जिताउने, कहाँबाट जित्ने। ठूला नेताहरु सबै सुरक्षित छन्। उनीहरुलाई जनताले जतिसुकै नो नट अगेन भनेपनि यथार्थमा त्यो होला जस्तो छैन। किनभने म्याच पहिल्यै फिक्स भइसकेको छ। को जित्ने, को हार्ने। सबै डिजाइन गरिएको छ। यसले निर्वाचनपछि पनि कुनै स्थिरतमा जाँदैन। यसले गम्भिर अस्थिरताको दौड सुरु गर्नेछ।

अर्घाखाँचीमा बदर मत कम गर्न नमुना मतदान

६ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा नमुना मतदान गरेको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीलेजनाएको छ।

उदयपुरका ९ मतदानस्थल परिवर्तन, वैशाख ३० मा गोली चलेको सोरुङ कायमै

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा उदयपुरका ९ वटा मतदानस्थल परिवर्तन गरिएको छ।

कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीलाई अस्थायी मतदान केन्द्र

कारागारका कैदीबन्दी र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीका लागि यहाँ दुई अस्थायी मतदान केन्द्र तोकिएको छ।

जनता सधैं ‘जाल’मा

‘हरेक चुनावमा नेताले नयाँ–नयाँ बहाना बनाएर हामीलाई जालमा पार्दै आएका छन्,’ मनुषमारा नहरमा माछा मार्दै गरेका उनले भने, ‘नेताको जालबाट उम्किन कहिल्यै सकेनौं ।’ सन्तानका लागि राम्रो होला भनेर पटक–पटक भोट खसाल्न गएको तर नेताहरूले झुक्याउँदै आएको उनले बताए ।

कपिलवस्तुको तौलिहवामा नमुना मतदान

आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी कपिलवस्तुको तौलिहवामा नमुना मतदान गरिएको छ।

बाजुराका ४३ मतदान स्थल अति संवेदनशील

असुरक्षा, भूगोल, एकल दलको दबदबा लगायतका सूचकका आधारमा अति संवेदनशीलको सूचीमा राखिएको निर्वाचन कार्यालयले बताएको छ। विगतका चुनावको सिकाइ र अनुभवलाई ध्यानमा राखेर अति संवेदनशीलको सूचीमा राखिएको हो।

नवलपरासी पूर्वमा १३ मतदानस्थल अतिसंवेदनशील

निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न चारवटै सुरक्षा निकायलाई एकीकृृत गरी परिचालन गर्नेगरी सुरक्षा विशेष योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए।

उदयपुरको बेलका र चौदण्डीगढीमा पनि नमूना मतदान

आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा चुनावलाई लक्षित गरी एकसाताअघि सदरमुकाममा ‘नमूना मतदान’ कार्यक्रम आयोजना गरेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले मंगलबार जिल्लाका थप दुई स्थानीय तहमा नमूना मतदान सम्पन्न गरेको छ।

सुर्खेतमा ८६ वटा मतदान स्थल संवेदनशिल

निर्वाचन नजिकिदै गर्दा सुर्खेतमा ८६ वटा मतदान स्थललाई संवेदनशिल मतदान स्थलका रुपमा जिल्ला सुरक्षा समितिले राखेको छ।

ताप्लेजुङमा अस्थायी मतदान केन्द्र, समानुपातिक मतपत्र र निर्वाचन सामग्री आइपुग्यो

मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेश गरेकाहरु अस्थायी मतदाता हुनेछन्। अस्थायी बाहेक यहाँ ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्र रहेका छन्।

आउँदो चुनावका लागि उदयपुरमा झण्डै २ लाख २९ हजार मतदाता

गएको स्थानीय तह चुनावमा ९८ मतदान केन्द्र र २ सय ५८ मतदान केन्द्र रहेकोमा आउँदो चुनावमा १ सय १ मतदानस्थल र २ सय ६४ मतदान केन्द्र कायम गरिएको छ। गएको स्थानीय तह चुनावमा सबभन्दा बढी मतदाता त्रियुगा नगरपालिकामा थिए।

रूपान्तरणका लागि मतदान क्रान्ति

राजनीतिक परिवर्तन भनेको सरकार परिवर्तन होइन, नेतृत्व परिवर्तन होइन, यो त नेतृत्व तह र जनताबीचको बेमेल विचार र मूल्यहरूबाट सन्तुलन पुनस्र्थापित गर्नु हो।

कांग्रेस वरिष्ठ नेता पौडेलको गाउँमा पुनः मतदान हुँदै

तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज पुनः मतदान भईरहेको छ। साविकको रिस्ती गाविसको भवन फेदीको मतदानस्थलको क र ख मतदान केन्द्रमा मतदान चलिरहेको छ। बैशाख ३० गते भएको निर्वाचनको दिन स्वतन्त्र मेयरका उम्मेदवर दीपकराज जोशी माथि कुटपिट भएपछि निर्वाचन आयोगले यहाँ फेरी मतदान गर्ने निर्णय गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्