२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

अर्घाखाँचीमा बदर मत कम गर्न नमुना मतदान

गामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि अर्घाखाँचीमा नमुना मतदान गरिएको छ। ६ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा नमुना मतदान गरेको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ।  

शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकामा नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचनमा प्रयोग हुने निर्वाचन चिन्ह बाहेकका चिन्ह प्रयोग गरी छापिएको नमुना मतपत्रमा मतदान गरिएको हो।  

बदर मतको संख्या कम गराउन सिकाइका रूपमा नमुना मतदान गरिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए। स्थानीयवासी, जनप्रतिनिधि, कर्मचारीलगायतले नमुना मतदान गरेका थिए।  

यसैबिच निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको लागि तालिम सन्धिखर्कमा शुरु भएको छ। निर्वाचनमा खटिने कर्मचारीहरुले गर्नुपर्ने काम कर्तव्य र अधिकार तथा जिम्मेवारीका सन्दर्भमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि तालिम सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकृत सुरेश भण्डारीले बताए।  

प्रतिनिधसभाको एक निर्वाचन क्षेत्र र प्रदेशसभाको २ निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा १ लाख ६४ हजार ७ सय ६८ मतदाता रहेका छन्। जिल्लामा ९७ मतदान स्थलमा २०२ मतदान केन्द्र रहेका छन्।

जिल्लामा स्वच्छ, भयरहित वातावरणमा निर्बाचन सम्पन्न गर्न जिल्ला सुरक्षा समितिले विशेष सुरक्षा रणनिति समेत तयार गरेको छ।

प्रकाशित: २२ कार्तिक २०७९ ०७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App