३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा अस्थायी मतदान केन्द्र, समानुपातिक मतपत्र र निर्वाचन सामग्री आइपुग्यो

ताप्लेजुङमा दुई वटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्ला कारागारमा एउटा र तोक्मेडाँडास्थित शनिवारे हटिया परिसरमा अर्को गरी दुई वटा अस्थायी मतदान केन्द्र निर्धारण भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिए।

अस्थायी मतदाता संकलन तथा व्यवस्थापन समितिले १ हजार १ सय ६ जना अस्थायी मतदाता कायम हुनेगरी सिफारिस गरेको जनाएको छ। अस्थायी मतदाता नामावली सम्बन्धी कार्यविधि २०७९ को परिच्छेद ४ को नं १५ को उपदफा ३ मा अस्थायी मतदाता नामावलीमा नाम समावेश नभएको कर्मचारी वा सुरक्षाकर्मीलाई मतदान केन्द्रमा खटाउनुपर्ने अवस्था भएमा निर्वाचन अधिकृतले मतदाताको अन्तिम नामावलीमा नाम रुजु गरी सो नामावलीमा नाम समावेश भएका व्यक्तिको नाम दाबी विरोधको प्रकृया पूरा गरी अस्थायी मतदाता नामावलीमा नाम दर्ता गर्नुपर्ने व्यवस्था रहेको गरिएको छ।

अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउनेछन्। नेपाल सरकार, प्रदेश सरकार,स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी,कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिइ सञ्चालनमा रहेको बृद्धाश्रममा बसेका व्यक्ति अस्थायी मतदाता हुने व्यवस्था रहेको छ।

मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेश गरेकाहरु अस्थायी मतदाता हुनेछन्। अस्थायी बाहेक यहाँ ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्र रहेका छन्।

यस्तै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि ताप्लेजुङमा प्रयोग हुने समानुपातिकतर्फको सबै मतपत्र ताप्लेजुङ आइपुगेको छ। जिल्ला निर्वाचन अधिकारी खनालका अनुसार समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभा दुवैको मतपत्र आइपुगेको छ। केही स्वस्तिक छाप बाहेक अधिकांश निर्वाचन सामग्री पनि ताप्लेजुङ आइपुगेको छ।

प्रकाशित: १५ कार्तिक २०७९ १४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App