४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सुदूरपश्चिम प्रदेश : एकीकृत समाजवादीका मन्त्री बर्खास्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एकीकृत समाजवादी पार्टीबाट बनेका आर्थिक मामिलामन्त्री नरेशबहादुर शाहीलाई बिहीबार बर्खास्त गरेका छन्।

एकीकृत समाजवादी दुई मन्त्रीसहित सरकारमा सहभागी हुने

नयाँ गठबन्धनको सरकारमा नेकपा एकीकृत समाजवादी पनि सहभागी हुने भएको छ। आज बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो।

एमालेले शीर्ष तहका नेताहरुलाई सरकारमा नपठाउने, सरकारको नेतृत्व रघुवीर महासेठले गर्ने

नेकपा एमालेले शीर्ष तहका नेताहरुलाई सरकारमा नपठाउने भएको छ।

माओवादीको समर्थन फिर्तापछि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम सरकार कति जोखिममा ?

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनीमा डिल्लीबहादुर चौधरी नेतृत्वको प्रदेश सरकार जोखिममा सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार भने सुरक्षित छ। यद्यपी तीनवटै प्रदेशमा थप अन्य दलले लिने निर्णयमा सरकारको भविष्य निर्धारण गर्नेछ।

गृह र अर्थ मध्ये एक मन्त्रालय नपाए सरकारमा नजाने एमालेको संकेत !

सरकार निर्माण गर्ने र समर्थन गर्ने सबैभन्दा ठूलो दललाई गृह मन्त्रालय र अर्थ मन्त्रालयबाट बाहिर राख्न खोजेपछि तत्काललाई एमालेको प्राथमिकता सरकार नभएकाले अहिले बाहिरबाट समर्थन गर्ने संकेत दिएको हो।

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो।

नेपाललाई कांग्रेसको प्रस्ताव:तपाईं प्रधानमन्त्री बन्नुस्, दाहालले हामीलाई धोका दिए

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससहितको गठबन्धन भत्काएर एमालेसँग नयाँ गठबन्धन गरेसँगै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई केन्द्रमा राखेर संवाद थालिएको छ।

प्रदेश बन्न नसकेका प्रदेश

कांग्रेसको ठाउँ प्रमुख प्रतिपक्ष रूपमा रहेको नेकपा (एमाले) उसको ठाउँमा भित्रिएको छ। नेपाली सन्दर्भमा सरकारले बेला न कुबेला कोल्टे फेरिरहनु सामान्य भएकाले आमजनतालाई यस्ता घटनाले खासै फरक पारेको देखिन्न।

‘मिसन ०८४’ ले जुराएको गठबन्धन

नेकपा माओवादीले दोस्रो पटक सत्ता समीकरण परिवर्तन गरेको छ। नयाँ सत्ता समीकरण बनेसँगै एक वर्षपछि एमालेको संघीय सरकारमा पुनरागमन भएको छ।

एमालेले माग्यो मुख्यमन्त्रीको राजीनामा

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै नेकपा एमालेले कोशीका मुख्यमन्त्रीकाे नैतिकताका आधारमा राजीनामा मागेको छ।

माओवादीबाट नेकपा एसलाई फेरि धोका!

नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाएको बारेमा नेकपा एकीकृत समाजवादी बेखबर छ। नेकपा एसलाई यस विषयमा कुनै पनि जानकारी नभएको पार्टीका प्रचार विभाग जगन्नाथ खतिवडाले बताए।

अन्ततः भत्कियो गठबन्धन सरकार, नयाँ मन्त्रीमण्डल गठनको तयारीमा एमालेसहितका दल

उनले सरकार आजै परिवर्तन हुने र मन्त्रीमण्डल पनि आजै गठन हुने बताएपछि नेपाली काँग्रेससहितका दल छुट्टाछुट्टै छलफलमा छन्।

समसामयिक विषयमा छलफल गर्दै माओवादी केन्द्र

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको बुझिएको छ।

संकटमा गठबन्धन

सरकार सञ्चालनमा गठबन्धन गरिरहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच असमझदारी बढ्दै गएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सक्रियता बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्