१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो।

बैठकमा नयाँ गठबन्धन र सरकार सहभागिताको विषयमा छलफल र निर्णय हुँदैछ।  

नयाँ गठबन्धनमा सहकार्यको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर आग्रह गरेका थिए।

आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सत्ता समिकरणको विषयमा संवाद गरेका थिए। 

प्रकाशित: २३ फाल्गुन २०८० १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App