८ आश्विन २०८१ मंगलबार
image/svg+xml

नोवेल मेडिकल कलेजमा सुरक्षा गार्ड र विद्यार्थीबीच झडप, अस्पतालमा तोडफोड

विराटनगर स्थित नोवेल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डबीच झडप भएको छ। आइतबार आन्दोलनरत विद्यार्थीलाई नोवेलका सुरक्षा गार्डले रोक्न खोजेपछि विद्यार्थी र सुरक्षा गार्डबीच झडप भएको हो।

विवाद बढेपछि सर्लाहीको काँग्रेस अधिवेशन अनिश्चित

नेपाली काँग्रेसको सर्लाही अधिवेशनमा दुई पक्षबीचको विवाद उग्र रुप लिँदै झडपमा परिणत भएको छ।

पार्टीको अधिवेशनको विषयमा कुटपिट हुँदा प्रदेश मन्त्रीसहित छ घाइते

महाधिवेशनको विषयमा मलंगवामा भएको विवादमा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहसमेत समेतले कुटाइ खाएका छन्।

मोरङमा दुई समूहबीच झडप: एकको मृत्यु, दुई जना घाइते

मोरङको बुढीगंगामा युवाहरुको दुई समूहबीच भएको झगडामा एक जना युवकको मृत्यु भएको छ। आइतबार राति मदिरा सेवन गरेका युवाहरुबीच झागडा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

इक्वेडरको जेलमा कैदीहरुबीच झडपः ६८ जनाको मृत्यु

इक्वेडरको गाकुइल सहरमा रहेको जेलमा कैदीहरुबीच झडप हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ।

छठ पूजामा दुई समुदायबीच झडपः ८ जना घाइते, एकको अवस्था गम्भीर

कलैया उपमहानगरपालिका २५ को ईनरवारीमा छठ पूजामा पटाका पट्काएको बिषयमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ।

मोरङ कारागारमा झडप: ६ घाइते, १४ कैदीबन्दीको स्थानान्तरण

दोहोरो झडप भएपछि तनावग्रस्त भएको कारागारबाट घाइते भएको कैदीबन्दीसहित १४ जनालाई स्थानान्तरण गरिएको मोरङ कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले जानकारी दिए।

मोतिपुर सुकुम्बासी र प्रहरीबीचको झडपमा चार जनाको मृत्यु

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ।

युवा संघका कार्यकर्ता र प्रहरीबीच बानेश्वरमा झडप

काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

भक्तपुरको नवदुर्गा द्योछेंमा नकीं छनौट विवाद: दुई पक्षबीच झडप

भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछें (देवता घर) मा नकीं (महिला पुजारी)को छनौटमा विवाद नमिलेपछि शुक्रबार साँझ मन्दिर परिसरमा दुई पक्षबीच झडप भएको छ।

डुबानको निकास खोल्न खोज्दा झडप, १० प्रहरी घाइते

अविरल वर्षाका कारण धनगढीमा भएको डुबानको निकास खोल्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ।

रौतहटको वृन्दावनमा झडपः प्रहरीद्वारा सात राउन्ड अश्रु ग्याँस प्रहार

प्रत्येक वडामा १५ लाख रुपैयाँको दरले महिला र प्रत्येक वडामा १५ लाखको दरले दलितको लागि बजेट विनियोजन गर्नुपर्ने तथा नगरपालिकाका प्रत्येक परिवारलाई एक सेट सिलिन्डरसहित ग्याँस चुलोको सम्पूर्ण सामग्रीको माग राख्दै आन्दोलन गरिरहेको पक्ष र प्रहरीबीच मंगलबार साँझ झडप भएको हो।

रौतहटको मौलापुरमा पानीको विषयलाई लिएर झड्प, १५ घाइते

रौतहटको मौलापुर नगरपालिकामा पानीको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा १५ जना स्थानीय घाइते भएका छन्।

मौलापुरमा नगरसभाको विषयलाई लिएर झडप, एक प्रहरी घाइते

झडपको क्रममा प्रहरीले एक दर्जन बढी अश्रुग्यास प्रहार गरेको छ। झडपमा एक प्रहरी घाइते भएका छन्। केही प्रदर्शनकारी पनि घाइते भएका छन्। झडप सुरु भएपछि मौलापुर बजार बन्द गरिएको छ।

रौतहटमा वन गस्ती टोली र सिकारीबीच झडप

रौतहटको वनमा वन गस्ती टोली र सिकारी समूहबीच दोहोरो झडप भएको छ । कोरोना महामारीको मौका छोपेर वनमा व्यापक काठ तस्करी भइरहेको भनेर आलोचना बढेपछि वन गस्ती टोलीले सक्रियता बढाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्