९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

छठ पूजामा दुई समुदायबीच झडपः ८ जना घाइते, एकको अवस्था गम्भीर

कलैया उपमहानगरपालिका २५ को ईनरवारीमा छठ पूजामा पटाका पट्काएको बिषयमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ। झडपमा परी हिन्दु र मुस्लिमतर्फ गरि ८ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले छठ पूजामा पटाका र बाजा बजाउने बिषयमा बिवाद भएपछि दुई समुदायबीच झडप भएको बताएका छन्।

दुई समुदायबीच भएको झडपमा हिन्दु तर्फका ४ जना र मुस्लिम तर्फका ४ गरि ८ जना घाइते भएका छन्। घटनालाई सुरक्षाकर्मीहरुको सहयोगले साम्य पारिएको प्रजिअले बताए।

बुधबार अस्ताउँदो सूर्र्यलाई अर्घ दिन ईनरवारीमा छठ पूजा चलिरहेको समयमा पटाका पट्काइएपछि मुस्लिम समुदायहरुले नपट्काउन भनेको बिषयलाई लिएर बिवाद सुरु भएको कलैया उपमहानगरपालिका २५ नम्बर वडाका वडा अध्यक्ष राजेश्वर सोनीले बताएका छन्।

घाइते हुनेमा राधेश्यम पटेल, सुमन कलवार, बोलबम केशरी, जितलाल पडित छन् भने राधेश्याम पटेलको अवस्था गम्भीर रहेको छ। उनको वीरगन्जको न्युरो अस्पतालमा उपचार भैरहेको वडाध्यक्ष सोनीले जानकारी दिए।

बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले ईनरवारीमा दुई समुदायबीच भएको झडपलाई समयमै नियन्त्रण लिइएकोले जनधनको क्षति धेरै हुन नपाएको बताए।

पुनः दुई समुदायबीच हुने झडपलाई रोक्न थप सुरक्षाकर्मीलाई गाउँमा परिचालन गरिएको प्रहरी उपरीक्षक शाहीले बताए।

प्रकाशित: २५ कार्तिक २०७८ १५:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App