८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कांग्रेस अहंकारको बाटोमा छैन: महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन्।

स्वास्थ्य बिमाको कार्यलाई अर्थमन्त्रीले बुझ्न सकेनन्: पोखरेल

नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा सम्बन्धित कार्यलाई अर्थमन्त्री जनार्दन शर्माले बुझ्न नसकेको टिप्पणी गरेका छन्।

'माओवादी केन्द्र र एमाले मिल्छन् भन्ने डरले कात्तिक मै चुनाव गर्दैछन् देउवा'

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवा आगामी कात्तिक मसान्तभित्र संघ र प्रदेशको पनि चुनाव सम्पन्न गरिसक्ने पक्षमा रहेको बताएका छन्।

‘बालेनहरूसँग समदुरी आवश्यक छ’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्वतन्त्र उम्मेदवार बालेन साह जस्तालाई राजनीतिक समदुरी गरेर अगाडि बढ्न आग्रह गरेका छन्।

लिपुलेक, कालापानीको नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न केपी ओलीले रोक लगाए: पोखरेल

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेलले लिपुलेक, कालापानीको नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाएको बताएका छन्।

केपी ओली माओवादीको वैशाखी टेकेर दुई पटक प्रधानमन्त्री बनेको नबिर्सनुस्ः दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सम्बद्र्धन एवम् उन्नयन गर्ने विषयलाई सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिएको बताएका छन्।

संघीय संसद्को चुनावमा दोस्रो बन्ने माओवादी रणनीति

मूलभूत रूपमा सत्ता गठबन्धन सफल भएको छ। यो गठबन्धनलाई प्रदेशसभा र संघीय प्रतिनिधिसभा सदस्यको निर्वाचन तथा त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि अघि बढाउने संकल्प हो। यसमा हामी गठबन्धन दल दृढ छौँ,’ जनप्रतिनिधिसँगको भेटमा दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो। उनले शनिबारदेखि निरन्तर यही कुरा दोहोर्‍याउँदै आएका छन्।

माओवादी केन्द्रको उम्मेदवारद्वारा एमालेका जिल्ला अध्यक्ष पराजित

धनुषाको सबैला नगरपालिकाको नगर प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कारीराम यादव निर्वाचित भएका छन्।

आधार इलाकामै माओवादी कमजोर

माओवादीले न विगतमा युद्ध छेडेको रोल्पामै आफ्नो एकल ‘दबदबा’ कायम राख्न सक्यो न अर्को आधार इलाका रुकुमकै बिरासत जोगाउन सक्षम भयो। माओवादी भूमिगत हुँदा २०५२ फागुन १ मा पहिलोपटक प्रहरी चौकी आक्रमण गरेको रोल्पाको होलेरीमा रहेको रुन्टीगढी गाउँपालिकामा कांग्रेसले सानदार जित हासिल गरेको छ ।

ठूला नेता कोही वडामै कोही पालिकामा पराजित

गोरखाका शीर्ष नेताहरु कोही वडामै कोही पालिकामा पराजित भएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो गृह नगर जोगाउन सकेनन्।

विजयी घोषणा भएका वडा सदस्य हारेपछि...

आइतबार अपरान्ह साझ ४ बजे एमालेका गुलरिया नेकपा एमालेबाट नगरपालिका ४ का वडा सदस्य खुला सदस्यमा अजमेयर अलि नाउँ निर्वाचित भएको घोषणा भयो।

तादीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

नुवाकोटको तादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा सन्तमान तामाङ र उपाध्यक्षमा सञ्जु प्याकुरेल विजयी भएका हुन्।

मेलौलीको मेयरमा माओवादीका चन्द र उपमेयरमा कांग्रेसका विष्ट विजयी

बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द (भुकम्प) विजयी भएका छन्। गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको नगरपालिकामा माओवादीका चन्दले जितेका हुन्।

बारपाक सुलिकोट गाउँपालिकामा माओवादी केन्द्र विजयी

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

जिसस प्रमुख र उपप्रमुखमा चर्चामा रहेका वडा सदस्यमै पराजित

सत्ता गठबन्धनले भागबण्डा गर्दा जिल्ला समन्वय समितिको प्रमुख नेकपा माओवादी केन्द्र र उपप्रमुख नेकपा एकीकृत समाजवादीलाई भागमा परेपछि सोही पदको आकांक्षासहित चुनावी मैदानमा उत्रिएका ताप्लेजुङका दुई उम्मेदवार पराजित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्