८ आश्विन २०८१ मंगलबार
image/svg+xml

सिन्धुलीको मतपरिणामः माओवादी केन्द्रको अग्रता

सिन्धुलीको मरिण गाउँपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्दका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्।

बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र एकनाथ ढकालले गरे मतदान

जनता समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मतदान गरेका छन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका ८ जौवारी स्थित परोपकार आदर्श माध्यामिक विद्यालयबाट मतदान गरेका हुन्।

चितवन पुगेर अध्यक्ष दाहालले गरे मतदान

उनले भरतपुर १४ शान्तिपुर स्थित प्रहरी स्कुलको 'कुमतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन्।

मत्सरीबासीलाई दाहालद्वारा लालपुर्जाको प्रलोभन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रौतहटको मत्सरी बासीलाई लालपुर्जाको प्रलोभन दिएका छन्।

माओवादी केन्द्रका कार्यकर्ताले खुकुरी प्रहार गर्दा तरुणदलका वडाध्यक्ष घाइते

घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन्। माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको कांग्रेस गङ्गादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले जानकारी दिए।

पाँच दलीय गठबन्धन नगरेको भए देश ठूलो सङ्कटमा जान्थ्योः दाहाल

नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) ले डोटीको जोरायल गाउँपालिकामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पाँच दलीय गठबन्धन नगरेको भए देश ठूलो सङ्कटमा पर्ने निश्चित रहेको बताए।

संविधान र सङ्घीय गणतन्त्र रक्षाका लागि निर्वाचनः दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई अग्रगमन र पश्चगमनबीचको सङ्घर्षको संज्ञा दिएका छन्।

तीन ठाउँमा कार्यकर्ताबीच दोहोरो झडप

चुनाव नजिकिँदै जाँदा रुकुम (पश्चिम) मा हप्तादिनभित्र माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच दोहोरो झडप तीन ठाउँमा भएको छ।

‘गठबन्धन’ कुहिएको ढोडको लौरो होः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कांग्रेस नेतृत्वमा बनेको गठबन्धनमा आवद्ध दललाई कुहिएको ढोडको लौराको संज्ञा दिएका छन्।

अब नागरिकताको समस्या समाधान हुन्छः अध्यक्ष दाहाल

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका माओवादी अध्यक्ष दाहालले मधेसी जनताको अधिकारका निम्ति अन्तिमसम्म पनि सङ्घर्ष गरिरहने बताए।

सङ्घीयता र लोकतन्त्र रक्षाका निम्ति गठबन्धन गरियोः नारायणकाजी

नेपाली जनताले रगत पसिना बगाएर प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्न गठबन्धन बनेको उनको भनाइ थियो।

नेपालगन्जमा त्रिपक्षीय प्रतिस्पर्धा

वरिष्ठ साहित्यकार सनत रेग्मी पनि नेपालगन्जको चुनावी पूर्वानुमान गर्न समय लाग्ने बताउँछन्। तर आफ्ना संगठनलाई उम्मेदवारहरूले फकाउने हो भने चुनावी परिणाम गठबन्धनको पक्षमा जाने र अन्यथा फरक परिणाम आउनसक्ने उनको भनाइ छ ।

दुःखकष्ट बुझ्ने विकासप्रेमीलाई मात्र मत दिन्छौँः मतदाता

आसन्न स्थानीय तहको निर्वाचनमा आफूहरुले दुःखकष्ट बुझ्ने र विकासप्रेमी उम्मेदवारलाई मत दिने धनुषाको औरही गाउँपालिकाका मतदाताले बताएका छन्।

लहानमा प्रतिष्ठाको लडाइँः गठबन्धन भर्सेस एमाले

सामूहिक जातीय हिसाबले साह र एकल जातीय हिसाबले थारूको बाहुल्य रहेको लहान नगरमा उनीहरूको मतलाई आफ्नो पक्षमा पार्न प्रमुख दलले सोही समयुदायका व्यक्तिलाई मैदानमा उतारेका छन्। प्रमुख राजनीतिक दलमध्येबाट चौधरी र साहबाहेक अन्य समुदायबाट उम्मेदवारी परेको छैन।

समाजवादी अर्थतन्त्र निर्माणमा श्रमजीवीको नेतृत्वदायी भूमिका हुनुपर्छः दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदुर एवं श्रमजीवी उत्पीडित जनसमुदायको मुख्य कार्यभार रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्