१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

स्वास्थ्य बिमाको कार्यलाई अर्थमन्त्रीले बुझ्न सकेनन्: पोखरेल

नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा सम्बन्धित कार्यलाई अर्थमन्त्री जनार्दन शर्माले बुझ्न नसकेको टिप्पणी गरेका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै सांसद पोखरेलले अर्थमन्त्री जनार्दन शर्माले सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा सम्बन्धित कार्यलाई अर्थमन्त्रीले बुझ्न नसकेको बताएका हुन्।

स्वास्थ्य बिमा सरकारले सामाजिक उत्तरदायित्वसँग गाँसेर ल्याएको र निजी क्षेत्रले ल्याएको बीमा जस्तो नभएकोले कम्पनीलाई दिनु नहुने बताए। उनले बजेटमा स्वास्थ्य बिमा कम्पनीलाई दिने उल्लेख गरिएको भन्दै अर्थमन्त्रीले यसलाई पुनरावलोकन गर्नुपर्ने बताए।

उनले स्वास्थ्य बिमा कम्पनीलाई दिने कुरा युनिभर्सल कभरेजको कन्सेप्टबाट आएको बताए। सांसद पोखरेलले सरकारले ल्याएको स्वास्थ्य बिमा नाफा र नोक्शानको कोणबाट नआएको बताए। उनले विश्वस्वास्थ्य संगठनसँग जोडिएर बनाएका संरचनासँग पनि स्वास्थ्य बीमा कम्पनीलाई दिने कुरा मेल नखाने बताए।

यो स्वास्थ्य मन्त्रालयसँग नै सबन्धित भएको तर अर्थ मन्त्रालयतिर लैजान खोजिएको जस्तो देखिएको बताए। आजै संसदमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले पनि बिमा सम्बन्धी कार्यलाई बुझ्न नसकेको बताएका थिए।

सांसद पोखरेलले त्रिभूवन विश्व विद्यालयलाई सेन्टर फर एक्सिलेन्सको रुपमा अघि बढाउने कुरा सकारात्मक रहेको बताए। उनले सबै विश्व विद्यालयहरुको पुनः संरचना गर्नुपर्ने र साझा सूचिमा परेका विश्व विद्यालयहरुलाई प्रदेश र संघले कुन कुन हेर्ने भन्ने कुरा छुट्याउन आवश्यक रहेको पनि बताए।

सांसद पोखरेलले त्रिभूवन विश्व विद्यालयलाई सेन्टर फर एक्सिलेन्सको रुपमा लगिरहँदा देशभर त्रिभूवन विश्वविद्यालयसँग सम्बन्धित कलेजहरुलाई प्रादेशिक त्रिभूवन विश्व विद्यालय बनाएर हल गर्नुपर्ने बताए। उनले बजेटले सार्वजनिक शिक्षाको सवलीकरणको मुद्दालाई व्यवहारिक ढंगले अगुवाई गर्न नसकेको बताए।

प्रकाशित: १९ जेष्ठ २०७९ ०७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App