२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

थप ७०७ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ७०७ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ८ सय ३२ पिसिआर परीक्षणमा ७०७ जनामा संक्रमण देखिएको हो।

उपमेयरद्वारा स्वाब परीक्षण इन्कार

रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नुरजहाँ खातुनले परीक्षणका लागि स्वाब दिन नमान्दा स्थानीय स्थानीय त्रसित बनेका छन् ।

श्रीमान् कोरोना संक्रमित, उपमेयरले पिसिआर परीक्षण गराउन मानिनन्

रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नूरजहाँ खातुनले कोरोना परीक्षणको लागि स्वाब दिन नमान्दा स्थानीयमा त्रासको वातावरण सिर्जना भएको छ। उपमेयर खातुनका श्रीमान् नसरुदीन अन्सारीमा कोरोना संक्रमण पुष्टि भएपछि पनि उपमेयर खातुनले आफ्नो कोरोना परीक्षण नमानेकी हुन्।

कोरोना संक्रमणबाट तनहुँकी एक महिलाको निधन

तनहुँको व्यास नगरपालिका १ की ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। पोखराको कास्की सेवा अस्पतालमा आज राति उनको निधन भएको अस्पतालका प्रबन्ध निर्देशक डा. पदम खड्काले जानकारी दिए। उनमा कोरोना पोजेटिभ रहेको रिपोर्ट भने मंगलवार बिहान मात्रै आएको हो।

नेपाल प्रहरीका दुई जना डीआईजीमा कोरोना संक्रमण

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत दुई जना उच्च प्रहरी अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण भेटिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए।

भरतपुर अस्पतालका प्रमुखसहित २८ जनामा कोरोना संक्रमण

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीसहित चितवनमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार बेलुका आएको नतिजा अनुसार चितवनका २७ र सर्लाहीका एकजना छन्। भरतपुर अस्पतालका मात्रै तीनजना चिकित्सक र एकजना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बताए।

कर्णालीमा थप ८ जनामा कोरोना

कर्णालीमा शनिबार थप आठ जना कोरोना संक्रमित थपिएका छन्। सुर्खेतका पाँच र दैलेखका तीन जनामा कोरोना संक्रमण देखिएको हो।

उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा पछिल्लो समय कोरोना संक्रमण बढेको बताएका छन् । उनका अनुसार उपत्यका तीन जिल्लामा पछिल्लो २४ घन्टामा ९८ जना संक्रमित थपिएको छन् ।

सदरमुकाम तौलिहवा बन्यो कोरोनाको केन्द्र

कपिलवस्तुमा फेरी कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ। बैशाख २५ गते भारतबाट फर्केका मायादेबी गाउँपालिका अभिरावका २ जना युवामा पहिलो पटक संक्रमण देखिएको थियो।

संक्रमणबाट ज्यान गुमाउने ८३ पुगे

लकडाउन खुकुलो पारेको तीन सातापछि नेपालमा कोरोना संक्रमण बृद्विदर तीन गुणाले बृद्धि भएको छ।

दाङमा नेपाली सेनाका २९ जवानमा कोरोना

दाङमा मंगलवार नेपाली सेनाका २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा तुलसीपुर स्थित १९ नम्बर बाहिनीका २९ जना सेनाका जवानमा कोरोना संक्रमण पुष्टि भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिएका छन् ।

प्रदेश १ मा फैलिँदै कोरोना संक्रमण

प्रदेश १ राजधानी विराटनगरमा कोरोना संक्रमण तीव्र बन्दै गएको छ। १० दिनअघिसम्म पनि निश्चित भूगोल र पेसाकर्मीमा मात्र सीमित संक्रमण यतिबेला विराटनगरका हरेकजसो क्षेत्रमा देखापरेको छ।

फिटनेस चलाउँदा ६ जनामा संक्रमण

कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको यो निर्णयविपरीत गुपचुप रूपमा चलेको धरानको एक फिटनेस सेन्टरमा धाउनेमा अहिले धमाधम संक्रमण देखिन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्