२३ आश्विन २०८१ बुधबार
image/svg+xml

उपचार नपाएर ज्यान गुमाउँदै

कोरोना संक्रमणको जोखिमका बीच अस्पतालले भर्ना लिन नमान्दा सामान्य बिरामीहरूले अकालमै ज्यान गुमाउने क्रम बढेको छ। उपचार प्रयासमा भौंतारिँदा त्यस्ता बिरामीका परिवारजन पनि अनेकौं कठिनाइ भोग्न बाध्य छन्। सम्पत्ति हुनेहरूले हेलिकोप्टर चार्टर गरेर काठमाडौंलगायतका सुविधासम्पन्न अस्पतालमा पु¥याएर बिरामीको उपचार गराइरहेका छन्। भाग्यमानीहरू संयोगले जोगिएका छन्।

उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा शनिबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ५६, भक्तपुरमा ३ र ललितपुरमा तीन जना गरी उपत्यका ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार थप ३ सय ७८ जनामा कोरोना संक्रमण, ४९९ डिस्चार्ज

शनिबार थप ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ७ हजार ७ सय ८८ जनाको आरटि पिसिआर विधिबाट परीक्षण गर्दा ३७८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।

६० वर्षमाथिका नेता र उच्च पदस्थलाई नियम लाग्दैन ?

शुक्रबार दिउँसो ताहाचलनिवासी ६० वर्षमाथिका एक ज्येष्ठ नागरिक विभिन्न बहाना बनाएर घरबाट बाहिर निस्किए। छोराले कोरोना संक्रमण जोखिम हुने भन्दै उनलाई बाहिर ननिस्कन सुझाए। उनले उल्टै हकारे, ‘देशका वृद्ध नेताहरू बाहिर निस्कँदा उनीहरूलाई कोरोना लाग्दैन, मलाई चाहिँ किन लाग्छ ?’ त्यस्ता नेताभन्दा आफू नै बलियो भएको जिकिर गर्दै उनले आफ्नो सुझाव आफैंसँगै राख्न भने। छोरोले बुवाको वचन सुनिरहे, थप केही बोल्न उचित ठानेनन्।

कोरोनाबाट मृत्यु भएकाको शव सेनाले गर्‍यो व्यवस्थापन

वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएका कोरोना भाइरस संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा उपत्यकामा थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार मात्र ८७ जना र बुधबार ६२ जना कोरोना संक्रमित थपिएका थिए । उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमित बढिरहेका स्वास्थ्य मन्त्रालयले बताएको छ ।

शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण, ४२५ डिस्चार्ज

पछिल्लो २४ घन्टामा ७ हजार ९ सय २६ जनाको आरटि पिसिआर विधिबाट स्वाब परीक्षण गरिएकोमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा बोल्दै डा. जागेश्वर गौतमले शुक्रबार थपिएका ४ सय ६४ जना सहित नेपालमा कोरोना संक्रमितको संखया २२ हजार २ सय १४ पुगेको छ ।

उच्च पदस्थ व्यक्तिमा पनि कोरोना संक्रमण

मुलुकभर फैलिइरहेको कोरोना संक्रमणले पछिल्लोसमय उच्च पदस्थ व्यक्तिलाई पनि छुन थालेको छ। प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना संक्रमण पुष्टि भएको छ भने पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

सुरक्षाकर्मीमा यसरी फैलियो कोरोना संक्रमण

सामान्य ‘ड्यूटी’ देखि भिआइपीको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई कोरोना संक्रमण बढेको छ। बिहीबार मात्र नेकपाका अध्यक्ष पुष्पकमल दाहालका ६ जना सुरक्षागार्डमा कोरोना पुष्टि भयो। शीर्ष नेताकै सुरक्षा गार्डमा कोरोना फैलिएपछि कोरोना त्रास बढेको छ।

पछिल्लो ४८ घन्टामा १० जनाको मृत्यु, लकडाउन खुलेयता काेराेनाबाट २८ काे मृत्यु

पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि क्रमिक रूपमा बढेको छ। लकडाउन अवधिसम्म मृत्युको संख्या कम भएतापनि लकडाउनपछि यो संख्या ह्वात्तै बढेको पाइएको छ । कोरोना भाइरसको संक्रमणबाट आज बिहिबार थप तीन जनाको मृत्यु भएको छ । बुधबारमात्र ६ जनाको मृत्यु भएको थियो ।

कलैया अस्पतालका ८ सहित १० जनामा कोरोना संक्रमण पुष्टि

कलैया अस्पतालका चिकित्सक, कार्यालय सहयोगी, स्विपर गरि थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना अस्पतालमा थप एकको मृत्यु, स्वाब परीक्षण हुँदै

गण्डकस्थित नारायणी अस्थायी कोरोना बिशेष अस्पतालको आइसोलेसनमा उपचार गराई रहेका एक जना वृद्धको बिहीबार मृत्यु भएको छ ।

उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाको तीन जिल्लामा ८७ जना थपिएको बताएका छन् ।

पछिल्लो २४ घन्टामा ३६० जनामा कोरोना संक्रमण, २३३ डिस्चार्ज

पछिल्लो २४ घन्टामा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६ सय २२ जनाको आरटि पिसिआर विधिबाट परीक्षण गर्दा ३ सय ६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ताप्लेजुङ पनि बन्यो कोरोना संक्रमणमुक्त जिल्ला

ताप्लेजुङ बिहीबार कोरोना संक्रमण मुक्त जिल्ला बनेको छ । संक्रमित २ सहित ४२ जनाको पीसीआर परीक्षण गर्न उनीहरुको स्वाब प्रादेशिक अस्पताल बिराटनगर पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्