८ वैशाख २०८१ शनिबार
समाज

शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण, ४२५ डिस्चार्ज

पछिल्लो २४ घन्टामा ७ हजार ९ सय २६ जनाको आरटि पिसिआर विधिबाट स्वाब परीक्षण गरिएकोमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा बोल्दै डा. जागेश्वर गौतमले शुक्रबार थपिएका ४ सय ६४ जना सहित नेपालमा कोरोना संक्रमितको संखया २२ हजार २ सय १४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ४ सय २५ जना डिस्चार्ज भएका छन् । यो संगै निको हुनेको संख्या १५ हजार ८ सय १४ जना पुगेको छ । साथै आज पाँच जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेको छ । योसंगै मृत्युहुनेको संख्या ७० पुगेको छ ।

प्रकाशित: २३ श्रावण २०७७ १०:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App