४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दसैँको खसी बजार कारोबारमा कमी,किसान र व्यापारी चिन्तित

आर्थिक मन्दीको प्रभाव यसपाली दसैँको खसी बजारमा पनि देखिएको छ । धरान १३ स्थित कृषि उपज बजार स्थलमा अनुमान गरिएभन्दा थोरै खसी बोकाको कारोबार भएको छ।

सेयर धितो कर्जाको सीमा २० करोड

सेयर कारोबारीको मागलाई आंशिक रूपमा सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाउँदै आएको १२ करोडको क्याप बढाएको छ।

हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनामाथि मुद्दा दर्ता दायर

हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा राजस्व अनुसन्धान विभागले मधेस प्रदेश सिरहा जिल्लाका ४ जनामाथि जिल्ला अदालत सिरहामा मुद्दा दर्ता गराएको छ।

जयेन्दु बाल सुधार गृह घटना :सुधार गृहमै लागु औषध कारोबार

बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधार गृहमा दुई समूहबिच झडप हुँदा एक जनाको मृत्यु भयो भने ११ जना घाइते भए।झडप हुनुको प्रमुख कारण, गाँजा र लागुऔषध थियो।

भू–उपयोग नियमावलीमा अस्पष्टता, जग्गा कारोवार चलायमान हुन सकेन

सरकारले भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८०, जारी गरेपछि पनि काभे्रपलाञ्चोकमा जग्गाको कारोबार ठप्प छ।

खुलेन सुन तस्करीको मुख्य कारोबारी

सुन तस्करीको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान प्रतिवेदन बुझाउने समय नजिक आउँदा पनि लगानीकर्ता यकिन गर्न सकेको छैन।

थप ११ कम्पनीले पाए धितोपत्र कारोबार सदस्यता

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले थप ११ व्यवसायीलाई धितोपत्र कारोबार सदस्यता दिएको छ। सीमित कार्य गर्ने धितोपत्र दलालका रूपमा यी कम्पनीलाई स्टक एक्सचेन्जले अनुमति दिएको हो।

साइबर र बैंकिङ कसुरका मुद्दा जिल्ला अदालतमा

सरकारले विद्युतीय कारोबार ऐन (साइबर अपराध) र बैंकिङ कसुरसम्बन्धी क्षेत्राधिकार फराकिलो बनाउँदै सबै जिल्ला अदालतमा मुद्दा दर्ता हुनसक्ने व्यवस्था गरेको छ।

मुक्तिनाथ बैंकका ग्राहकलाई छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको रामनगर सामुदायिक अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।

नेपाल रिपब्लिक मिडिया’ को सेयर पहिलो दिनमै ९.९८ प्रतिशतले बढ्यो

सार्वजनिक स्वामित्वमा गएको नेपालको पहिलो मिडिया कम्पनी नेपाल रिपब्लिक मिडिया (एनआरएम) कम्पनी सेयर कारोबार सुरु भएकै दिन करिब १० प्रतिशतले बढेको छ।

छयालीस व्यवसायीको बैंक खाता रोक्का

तनहुँको दमौलीस्थित आन्तरिक राजस्व कार्यालयले आयकर, मूल्य अभिवृद्वि कर र अन्तःशुल्कतर्फको कर नबुझाएका ५६ उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको छ।

चितवनमा सुनको कारोबारमा ७५ प्रतिशत गिरावट, १० प्रतिशत पसल बन्द

चितवनमा सुनचाँदीको कारोबारमा मन्दी आएको व्यवसायीले बताएका छन्। अन्य क्षेत्रमा जस्तै सुनको व्यापार पनि ठप्प भएको व्यवसायीले बताएका हुन्।

प्रभु महालक्ष्मी इन्स्योरेन्सको एकीकृत कारोबारको सुरु

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकीकृत कारोबारको सुरु गरेको छ। नेपाल बीमा प्रधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलद्वारा स्थानान्तरित केन्द्रीय कार्यालय भवनमा एकीकृत कारोबार सुरु गरेका छन्।

बाह्र जनाको नामबाट ६३ वटा खाता खोलेर अवैध कारोबार

विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको फेला परेको छ।

१६ कम्पनीले पाए धितोपत्र कारोबार गर्ने आशयपत्र

नेपाल धितोपत्र बोर्डले १६ वटा कम्पनीलाई नयाँ ब्रोकर कम्पनी सञ्चालनका लागि आशयपत्र (एलओआई) दिने निर्णय गरेको छ। बोर्डको सोमबार बसेको सञ्चालक समितिको बैठकले आवदेन दिएका ४५ कम्पनीमध्ये पहिलो चरणमा १६ कम्पनीलाई मात्रै आशयपत्र दिने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्