१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनामाथि मुद्दा दर्ता दायर

हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा राजस्व अनुसन्धान विभागले मधेस प्रदेश सिरहा जिल्लाका ४ जनामाथि जिल्ला अदालत सिरहामा मुद्दा दर्ता गराएको छ।

राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यका अनुसार सिरहा नगरपालिका– ७ का सञ्जय कुमार साह, वडा नम्बर १ का पवन कुमार यादव, अरुण यादव, वडा नम्बर १७ माडरका प्रेम कुमार यादवलाई गत भदौ १५ गते ४४ लाख नेपाली रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो।

हुन्डी कारोबारमार्फत विनिमय अपचलनको कसुरमा चार जनाविरुद्ध १५ करोड रुपैयाँ बिगो दाबीसहित सोमबार मुद्दा दायर गरेको छ। उनीहरूलाई विदेशी विनिमय९नियमित गर्ने० ऐन २०१९ को दफा ९ ९ग० बमोजिम मुद्दा दायर गरेको हो।

भारतबाट चारै जनाले भारतीय बिआर ७ सी ४२२४ नम्बर को जीपको चालक बस्ने सिटमुनी लुकाइ रहेको अवस्थामा सो रुपैयाँ बरामद गरिएको थियो। अनुसन्धानको क्रममा उनीहरुले भारतबाट पटक–पटक नेपाली रुपैयाँ नेपाल ल्याएको पाइएको राजश्व कार्यालयका प्रमुख आचार्यले बाताए।

१५ करोड १ लाख ८६ हजार रुपैयाँको कारोबार उनीहरुको मोबाइल विवरणबाट खुलेको राजस्व अनुसन्धान कार्यालयले जनाएको छ। भारतबाट नेपाली रुपैयाँ ल्याइए पनि त्यस वापत भारत तर्फ के समान पठाइएको त्यो भने खुल्न नसकेको आचार्यले बताए।

भारतीय सीमावर्ती क्षेत्रको बजारमा नेपाली रुपैयाँमा कारोबार हुने गर्छ। सक्कली नेपाली रुपैयाँबाट भारतीय सीमा बजारमा अवैध रुपमा हुने कारोबारलाई दुबै देशले नियन्त्रण गर्न सकेको छैन।

भारतीय बजारमा कारोबार हुने नेपाली रुपैयाँ पुनः नेपाल भित्रिदा त्यसको स्रोत खुल्न नसकेकाले हुण्डीको रुपमा कारोबार भएको अभियोगमा नगद जफ्त र मुद्दा चलाइने गरिएको छ।

प्रकाशित: १६ आश्विन २०८० ०७:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App