१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सेयर धितो कर्जाको सीमा २० करोड

सेयर कारोबारीको मागलाई आंशिक रूपमा सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाउँदै आएको १२ करोडको क्याप बढाएको छ। अब संस्थागत लगानीकर्ताका सेयर धितो कर्जाको अधिकतम सीमा २० करोड रूपैयाँ र व्यक्तिगत कर्जा लिँदाको सीमा १५ करोड रूपैयाँ पुर्‍याइएको छ।

राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ परिमार्जन गरी सेयर धितो कर्जाको सीमा बढाएको हो।

‘कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड कायम गरिएको छ,’ सर्कुलरमा भनिएको छ, ‘धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड कायम गरिएको छ।’

यसअघि कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १२ करोड रूपैयाँ कायम गरिएको थियो। सेयर लगानीकर्ताहरूले सीमा बढाएर व्यक्तिगततर्फ १२ करोडको सीमालाई कम्तिमा २० करोड रूपैयाँ पुर्‍याउन र संस्थागततर्फ अधिकतम सीमा नतोक्न माग गर्दै आएका थिए।

प्रकाशित: १९ आश्विन २०८० ०४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App