७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

१६ कम्पनीले पाए धितोपत्र कारोबार गर्ने आशयपत्र

नेपाल धितोपत्र बोर्डले १६ वटा कम्पनीलाई नयाँ ब्रोकर कम्पनी सञ्चालनका लागि आशयपत्र (एलओआई) दिने निर्णय गरेको छ। बोर्डको सोमबार बसेको सञ्चालक समितिको बैठकले आवदेन दिएका ४५ कम्पनीमध्ये पहिलो चरणमा १६ कम्पनीलाई मात्रै आशयपत्र दिने निर्णय गरेको हो।  

बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बोर्डको सोमबार बसेको बैठकले ४६ वटा आवेदक कम्पनीमध्ये पहिलो चरणमा १६ वटा कम्पनीलाई मात्रै आशयपत्र दिने निर्णय गरेको बताए। ‘बोर्डको सोमबार बसेको बैठकले आवेदन दिएकामध्ये १६ कम्पनीलाई आशयपत्र दिने निर्णय गर्यो,’ उनले भने ‘कमोडिटीको लागि समिति गठन गर्ने निर्णय गरेको छ।’ प्रवक्ता श्रेष्ठले बोर्डबाट मूल्याङ्कन भएका र प्रक्रिया पूरा गरेका १६ कम्पनीले एलओआई पाएका छन् भने अन्य आवदेकको पनि प्रक्रिया पूरा गरेको खण्डमा एलओआई प्राप्त गर्न सकिने बताए।‘अहिले प्रक्रिया पुगेका १६ वटाले पाएका छन्,’ उनले भने‘अन्य आवदेकको पनि प्रक्रिया पुगेको खण्डमा एलओआई प्राप्त गर्न योग्य हुनेछन्। अयोग्य हुने पनि किन भए भनेर स्पष्ट पार्नेछौं।’  

प्रवक्ता श्रेष्ठले एलओआई पाएका कम्पनीले बोर्डले तोकेको ढाँचा अनुसारको पूर्वाधार तयार पारेर आवेदन दिएपनि लाइसेन्स प्राप्त गर्न सक्नेछ। बोर्डका अनुसार सोमबारको बोर्ड बैठकले नबिल सेक्युरिटिज लिमिटेडलाई धितोपत्र व्यापारीको आशयपत्र दिएको छ। त्यसैगरी मेघा स्टक मार्केट लिमिटेडले पूर्ण कार्य गर्ने धितोपत्र दलालको आशयपत्र प्राप्त गरेको छ। यी दुवैले वित्तीय सस्थाको रूपमा आशयपत्र पाएका हुन्। सीमित कार्य गर्ने दलाल कम्पनीमा १४ वटा कम्पनीले आशयपत्र प्राप्त गरेका छन्। ती आशयपत्र प्राप्त गर्ने कम्पनीमा हिमालय ब्रोकेज कम्पनी लिमिटेड, सिविआईएल सेक्युरिटी लिमिटेड, केबिएल सेक्युरिटिज लिमिटेडले सीमित कार्य गर्ने दलाल कम्पनीको आयशपत्र पाएका छन्। त्यसैगरी एन एमबी सेक्युरिटिज लिमिटेड, आरविवी सेक्युरिटिज कम्पनी लिमिटेड, सानिमा सेक्युरिटिज लिमिटेड, इन्डेक्स सेक्युरिटिज लिमिटेड, सन सेक्युरिटिज प्रालि, क्यापिटल म्याक्स सेक्युरिटिज प्रालि, भोले गणेश सेक्युरिटिज लिमिटेड, इन्फिनिटी सेक्युरिटिज लिमिटेड, आकाशभैरव सेक्युरिटिज लिमिटेड, एलिट सेक्युरिटिज लिमिटेड र एसपिएसए सेक्युरिटिज लिमिटेडले आशयपत्र पाएका छन्। बोर्डले धितोपत्र व्यापारीको लाइसेन्सको लागि न्यूनतम चुक्ता पुँजी डेढ करोड रूपैयाँ तोकेको छ। त्यसैगरी पूर्ण कारोबार गर्ने धितोपत्र दलालको लागि ६० करोड चुक्ता पुँजी आवश्यक पर्नेछ। त्यसैगरी सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लागि भने न्यूनतम चुक्ता पुँजी २० करोड रूपैयाँ तोकेको छ।

प्रकाशित: १९ वैशाख २०८० ०२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App