९ आश्विन २०८१ बुधबार
image/svg+xml

झापामा १४ स्थानीय तहमा भेटिए संक्रमित

झापाको एउटा बाहेक सबै स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन् । कचनकवल गाउँपालिकामा मात्रै १ सय २६ जना संक्रमित छन् । बिर्तामोड बाहेक सबै स्थानीय तहमा संक्रमित भेटिएका छन् ।

११ दिनमा ३ हजार २३६ संक्रमित थपिए, १० जनाकाे कोरोनाबाट मृत्यु

जेठ ५ गतेसम्म नेपालमा ३ सय ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका तत्कालीन प्रवक्ता डा. विकास देवकोटाले बताएका थिए । जेठ ६ गतेदेखि जेठ २० गतेसम्म १ हजार ७ सय २४ जना थपिएका थिए ।

कोरोना संक्रमित गाउँमै

आठविस नगरपालिकामा कोरोना संक्रमण देखिएका दुई जना गाउँमै बसेको पाइएको छ। नगरपालिका र स्वास्थ्यकर्मीको लापरबाहीका कारण उनीहरु गाउँमै परिवारसँग बसेका हुन्।

कोरोना खर्चमा डेढ अर्ब तलमाथि

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन खर्च विवरणमा झन्डै डेढ अर्ब रुपैयाँ तलमाथि परेको देखिएको छ। सरकारले कोरोना भाइरस संक्रमण (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा आठ अर्ब ३९ करोड ११ लाख १९ हजार रुपैयाँ खर्च भएको विवरण शनिबार सार्वजनिक गरेको छ।

वीपी प्रतिष्ठानबाट तीन जना संक्रमित निको भएर डिस्चार्ज

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन जना कोरोना संक्रमित व्यक्तिहरु निको भएर आज डिस्चार्ज भएका छन् । प्रतिष्ठानका अनुसार डिस्चार्ज भएकाहरु तेह्रथुम, धनकुटा र सुनसरीका छन् । उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

कपिलवस्तुमा पनि युवाहरुले गरे प्रदर्शन

कोरोना नियन्त्रणमा सरकारले खर्च गरेको रकम पारदर्शी गर्नु, परीक्षणको दायरा बढाउनु पर्ने पर्नेलगायत मागहरू राखेर कपिलवस्तुको पूर्व पश्चिम राजमार्ग अन्र्तगत जितपुरमा शान्तिपुर्णरुपमा बिरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र युवा समूहको अगुवाईमा भएको प्रदर्शनको क्रममा युवाहरूले विभिन्न नारा लेखिएको प्ले कार्डहरू पनि प्रर्दशन गरेका थिए ।

प्रदेश १ मा १० जना संक्रमित थपिए

प्रदेश १ मा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार झापा र मोरङका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइसोलेसनमा दिनहुँ झडप

दैलेख सदरमुकामस्थित त्रिभुवन माविको आइसोलेसनमा रहेका कोरोना संक्रमित र प्रहरीबीच झडप हुँदा शनिबार चार जना घाइते भएका छन् ।

रोल्पामा एकैदिन १७ जना कोरोना संक्रमित थपिए

शनिबार रोल्पामा १७ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणबाट १ महिला सहित १७ जनामा कोरोना संक्रमण देखिएको हो । नयाँ सहित जिल्लामा संक्रमितको संख्या ३४ पुगेको छ ।

पिसिआर प्रयोगशाला बनाउन दबाव

तीन महिना अघि सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा कोरोना परीक्षण गर्न पिसिआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरे पनि हालसम्म कार्यान्वयन नभएपछि दबाव दिन समिति गठन गरिएकोे छ । गत चैत १५ गतेको मन्त्रिपरिषद्को बैठकले धनगढी, बैतडी र डोटीमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । धनगढीमा प्रयोगशाला भए पनि बैतडी र डोटीमा अझै प्रयोगशाला स्थापना हुन सकेको छैन ।

थप २७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुग्यो

पछिल्लो २४ घण्टामा २७३ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये २४७ पुरुष २६ जना महिला छन्। ७२ जिल्लामा कोरोना देखिएको छ। जम्मा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ छ।

कोरोना परीक्षणको दायरा बढाइँदै

कर्णालीमा कोभिड–१९ अर्थात् कोरोना भाइरस परीक्षणको दायरा बढाउन लागिएको छ । संकलन गरिएका स्वाब परीक्षणमा ढिलाइ हुँदा प्रदेश र स्थानीय सरकारले परीक्षणको दायरा बढाउन लागेका हुन् ।

कपिलवस्तुमा थप २९ जना कोरोना संक्रमित

कपिलवस्तुमा थप २९ जनामा कोभिड-१९ पोजेटिभ पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा संक्रमित संख्या ६ सय ३४ पुगेको हो । स्वास्थ्य कार्यलय अनुसार जिल्लाको मायादेवी गाउँपालिकाका १४ जना, महराजगन्ज नगरपालिकाका ४ जना, कपिलवस्तु नगरपालिकाका ४ जना, शुद्धोधन गाउँपालिकाका २ तथा विजयनगर गाउँपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको हो ।

सेभियाको सुखद सुरुआत

कोरोना भाइरस संक्रमणको महामारीका कारण तीन महिना रोकिएको स्पेनिस ला लिगा बिहीबारबाट पुनः सुचारु भयो । जहाँ सेभियाले सुखद सुरुआत गर्ने क्रममा रियाल बेटिसलाई हरायो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्