coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वीपी प्रतिष्ठानबाट तीन जना संक्रमित निको भएर डिस्चार्ज

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन जना कोरोना संक्रमित व्यक्तिहरु निको भएर आज डिस्चार्ज भएका छन् ।

प्रतिष्ठानका अनुसार डिस्चार्ज भएकाहरु तेह्रथुम, धनकुटा र सुनसरीका छन् । उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । प्रतिष्ठानबाट हालसम्म १ सय ३ जना व्यक्तिहरु उपचार भई डिस्चार्ज भइसकेको पनि उनले बताए । प्रतिष्ठानमा हाल २१ जना संक्रमित व्यक्तिहरु उपचारार्थ रहेका छन् ।

प्रकाशित: ३१ जेष्ठ २०७७ १५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App