८ आश्विन २०८१ मंगलबार
image/svg+xml

एकैदिन ७० जना कोरोना मुक्त

प्रदेश १ मा एकैदिन ७० जना कोरोना मुक्त भएर घर फर्किएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार प्रदेश १ का विभिन्न जिल्लाका ७० जना कोरोना मुक्त भएर घर फर्किएका हुन् ।

कर्णालीमा ७२ जना कोरोना संक्रमित थपिए

कर्णालीमा बिहीबार मात्रै ७२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा ४५ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा २७ जना कोरोना संक्रमित भेटिएका हुन् ।

कोरोनाबाट मृतकको शव व्यवस्थापनमा सकस, स्थानीयको निरन्तर अवरोध

कोरोना भाइरस संक्रमणले स्याङजाका एकजना पुरुषको बुधबार राती पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भयो। उपचारका क्रममा तीनदिनदेखि भेन्टिलेटरमा राखिएका उनमा निमोनिया र डायबिटिज समेत थियो।

फेवा बजारले उपभोक्ताका लागि कोरोना बिमा योजना ल्याउने

फेवा बजार डटकम ई–कमर्सले उपभोक्ताको बिमा गरिदिने भएको छ । हेड अफिस पोखरा र कर्पोरेट अफिस काठमाडौंबाट देशैभर होम डेलिभरीको सेवा दिइरहेको फेवा बजार डटकम ई–कमर्सले फेवाबजारबाट सामान खरिद गर्ने ग्राहकहरुका लागि एक लाखबराबरको निःशुल्क कोरोना बिमा गरिदिने भएको हो ।

थप ४ सय ३४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११ हजार नाघ्यो

बिहीबार नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

भारतमा दिनदिनै बढ्दै कोरोना संक्रमण दर, एकैदिन देखिए १७ हजार संक्रमित

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी १६ हजार ९ सय २२ संक्रमित थपिएका हुन् । यस्तै यस अवधिमा ४ सय ८८ जनाको मृत्यु भएको छ । भारतमा लगातार चौथो दिन १४ हजारभन्दा बढी संक्रमित थपिएका हुन् ।

जनप्रतिनिधिको ४० लाख तलबभत्ता गाउँपालिकाको कोरोना कोषमा

जिल्लाको दक्षिणी सैलुङ गाउँपालिकाका सबै जनप्रतिनिधिले आफ्नो सरकारी सुविधा वापतको ४० लाख रुपैयाँ रकम गाउँको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा हाल्ने निर्णय गरेका छन् ।

कोरोना संक्रमितको शव व्यवस्थापन गर्न पोखरामा अवरोध, आठ राउन्ड हवाई फायर

कोरोना भाइरस संक्रमणले स्याङजाका एकजना पुरुषको बुधबार राती पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भयो। आँधीखोला गाउँपालिका–१ सिरुवारीका ५५ वर्षिय ती पुरुषको मृत्य भएपछि शव व्यवस्थापनमा भने झन्झट आइपर्योा।

पाटन अस्पतालमा कोरोनाबाट एक जनाको मृत्यु

उपत्यकामा पहिलो पटक कोरोना संक्रमणबाट एकजना ब्यक्तिको मृत्यु भएको छ। ति व्यक्तिको आज पाटन अस्पतालमा उपचार कै क्रममा मृत्यु भएको हो। जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले मृत्यु भएको पुष्टि गरे

कोरोनाको स्रोत भेटिन्न, तर संक्रमणले मृत्यु

कोरोना भाइरस संक्रमणले स्याङजाका अर्का एकजना पुरुषले बुधबार राती उपचारको क्रममा पोखरामा ज्यान गुमाए। कतैपनि ट्राभल हिस्ट्रि नभएका ती पुरुषको मृत्युले समुदायमा त्रास बढाएको छ। मृतक सहित उनका परिवारका कोही सदस्यको पनि ट्राभल हिस्ट्रि नहुँदानहुँदै पनि कोरोना संक्रमणले ज्यान जाँदा समुदायमा संक्रमण फैलिएको हुन सक्ने त्रास बढाएको स्वास्थ्यकर्मीले बताएका छन्।

बेलायतमा कोरोनाविरुद्ध अर्काे खोप मानिसमा परीक्षण गरिँदै

कोरोनाविरुद्ध बेलायतमा विकास गरिएको एउटा नयाँ खोप मानिसमा परीक्षण गर्ने तयारी भइरहेको छ ।

विश्व स्वास्थ्य संगठनको चेतावनी : अस्पतालमा अक्सिजन कन्सनट्रेटर अभाव हुनसक्छ

हरेक हप्ता विश्वमा कोरोना संक्रमणका १० लाख नयाँ विरामी देखिएका छन्। यो सँगै विश्व स्वास्य्ह संगठनले अस्पतालमा अक्सिजन कन्सनट्रेटरको आपूर्तिको संकट आउन सक्ने चेतावनी दिएको छ।

दैलेखका ३ सय ४५ जना कोरोना संक्रमित डिस्चार्ज

दैलेखमा बुधवारसम्म ३ सय ४५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। १४ दिन क्वारेन्टाइनमा बसेर संक्रमितहरुमा विरामीको कुनै लक्षण नदेखिएपछि घरमै सुरक्षित बस्ने गरी डिस्चार्ज गरिएको हो।

कर्णालीमा समुदायसम्म फैलियो कोरोना

‘ट्राभल हिस्ट्री’ नभएका पश्चिम सुर्खेत घर भएका एक विद्यार्थीमा पनि कोरोना सङ्क्रमण देखियो। उनी दुई साता प्रदेश अस्पतालको आइसोलेसनमा बसेका थिए। कोरोना निको भएपछि उनी फर्किसकेका छन्।

कोरोना संक्रमित स्याङजाका थप एक पुरुषको मृत्यु

कोरोना संक्रमित स्याङजाका अर्का एक पुरुषको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका स्याङजा सिरुवारीका ५५ वर्षीय पुरुषको बुधबार राति साढे ११ बजे मृत्यु भएको अस्पतालले बताएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्