८ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

विश्व स्वास्थ्य संगठनको चेतावनी : अस्पतालमा अक्सिजन कन्सनट्रेटर अभाव हुनसक्छ

हरेक हप्ता विश्वमा कोरोना संक्रमणका १० लाख नयाँ विरामी देखिएका छन्। यो सँगै विश्व स्वास्य्ह संगठनले अस्पतालमा अक्सिजन कन्सनट्रेटरको आपूर्तिको संकट आउन सक्ने चेतावनी दिएको छ।

कोरोना भाइरसका कारण स्वासप्रस्वासमा समस्या आएकाहरुलाई अक्सिजन कन्सनट्रेटरको सहायता आवश्यक पर्छ।

विश्व स्वास्य्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेब्रीयसुसले भनेका छन्, 'विश्वका धेरै देशका अस्पतालमा अक्सिजन कन्सनट्रेटरको आपुर्तिमा समस्या भइरहेको छ। जति आपुर्ति भएको छ माग त्यो भन्दा धेरै छ।'

डब्ल्यूएचओले १४ हजार अक्सिजन कन्सनट्रेटर खरिद गरेको जनाएको छ। उसले आगामि हप्ता १२० देशमा ति सामाग्री पठाउने योजना समेत बनाएको छ। १० करोड डलरको लागतमा १ लाख ७० हजार अक्सिजन कन्सनट्रेटर खरिद गर्ने र त्यो आगामि ६ महिना भित्र उपलब्ध हुने समेत जनाएको छ।

बिहीबारसम्म विश्वभर कोरोना संक्रमितको संख्या ९४ लाख भन्दा बढि भएको छ। यो हप्ताको अन्य्हसम्म कोरोना संक्रमितको संख्या १ करोड नाघ्ने विश्व स्वास्य्  संगठनको अनुमान छ। कोरोनाका कारण अहिलेसम्म ४ लाख ८० हजार भन्दा बढिको ज्यान गएको छ।

 

 

 

प्रकाशित: ११ असार २०७७ ०७:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App