८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

बेलायतमा कोरोनाविरुद्ध अर्काे खोप मानिसमा परीक्षण गरिँदै

कोरोनाविरुद्ध बेलायतमा विकास गरिएको एउटा नयाँ खोप मानिसमा परीक्षण गर्ने तयारी भइरहेको छ ।  

लन्डनस्थित इम्पेरिरअल कलेजमा आगामी साता सुरु गरिने परीक्षणमा झन्डै ३ सय स्वयंसेवक सहभागी हुँदै छन् । खोप परीक्षणको नेतृत्व कलेजका प्राध्यापक रोबिन साटोकले गरेका छन् ।  

यसअघि यो खोप जनावरमा परीक्षण गर्दा प्रभावकारी देखिएकाले यसले मानिसको शरीरमा भाइरसविरुद्ध लड्ने प्रतिरोधी क्षमता बढाउने अपेक्षा वैज्ञानिकले गरेका छन् ।  

यसअघि बेलायतकै अक्स्फर्ड विश्वविद्यालयका विशेषज्ञले भने कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण सुरु गरिसकेका छन् ।

अहिले विश्वमा कोरोनाविरुद्ध १२० वटा खोप निर्माण तथा परीक्षण भइरहेका छन् । तर ती प्रमाणित भई आम प्रयोगमा आउन बाँकी छन् ।  

यो पनि पढ्नुहोस्

वैज्ञानिक भन्छन्ः कोरोनाविरुद्ध खोप बने पनि यस्ता व्यक्तिलाई काम लाग्दैन

इम्पेरियल कलेजको समूहले आफूले विकास गरेको खोप परीक्षण प्रक्रिया पूरा भएपछि सन् २०२१ को सुरुवाततिर बेलायत तथा विदेशमा वितरण सुरु हुने अपेक्षा गरेको छ। बिबिसी

प्रकाशित: ११ असार २०७७ ०७:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App