१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

वैज्ञानिक भन्छन्ः कोरोनाविरुद्ध खोप बने पनि यस्ता व्यक्तिलाई काम लाग्दैन

प्रतिकात्मक तस्बिर

कोरोना भाइरसविरुद्ध खोप बने पनि यसले संक्रमणबाट मृत्युको जोखिममा रहेका ज्येष्ठ नागरिकलाई काम गर्ने सम्भावना नरहेको बेलायतका वैज्ञानिकले बताएका छन् ।  

बीबीसीका अनुसार ब्रिटिस इम्युनोलोजी सोसाइटीका अध्यक्ष तथा युसीएलमा इम्युनोलोजीका प्राध्यापक अर्ने अकबरले वृद्ध उमेरका व्यक्तिको शारीरिक अवस्था फरक हुने भएकाले कोरोनाविरुद्धको खोप उनीहरूका लागि प्रभावकारी हुने सम्भावना नदेखिएको बताएका हुन्।  

बेलायती पत्रिका द गार्डियन पत्रिकाका अनुसार उनले भनेका छन्, ‘एउटा कुरा स्पष्ट छ–  स्वस्थ नै भए पनि वृद्ध व्यक्तिको शरीरमा सामान्यतः इन्फ्लेमेसन बढी हुन्छ। यो कहाँबाट आउँछ र यो कमजोरीसहित अन्य थुप्रै लक्षणका रूपमा किन देखापर्छ भन्ने कुरा हामीले बुझ्न जरुरी छ। कोरोना भाइरसबाट संक्रमित भएपछि यो इन्फ्लेमेसन निकै बढ्ने गर्छ। यस्तोमा वैज्ञानिकले यो कहाँबाट आउँछ भनेर पत्ता लगाउन जरुरी छ र यहीअनुसार अवधारण विकास गर्नुपर्छ।’  

इन्फ्लेमेसन भनेको त्यो प्रक्रिया हो, जब शरीर कुनै संक्रमण वा समस्यासँग लड्न बढी संघर्ष गर्छ।

अबकरका अनुसार वृद्ध व्यक्तिलाई खोपका साथै इन्फ्लेमेसन रोक्ने अन्य औषधि पनि दिनुपर्ने देखिन्छ,  जस्तै : डेक्सामेथासोन, जसले भाइरसका कारण पैदा हुने इन्फ्लेमेसन रोक्न सकोस्। यसको मद्दतले कोभिड–१९ बाट संक्रमितको ज्यान बचाउन सहयोग हुने पाइएको छ।

खोपका साथ डेक्सामेथासोन दिइएका खण्डमा भने वृद्ध उमेरका व्यक्तिलाई पनि खोप प्रभावकारी हुन सक्ने उनको अनुमान छ।  

उनले अगाडि भनेका छन्, ‘खोपले युवालाई बढी फाइदा पुर्‍याउने देखिन्छ, यो पनि ठीकै हुन्छ। किनकि जब जब युवा संक्रमित हुनबाट जोगिन्छन् तब उनीहरूले घरका ज्येष्ठ नागिरकलाई संक्रमण फैलाउने सम्भावना हुँदैन।’

यो पनि पढ्नुहोस्

कोरोना निको पार्ने औषधि बनाएको बाबा रामदेवको दाबी

प्रकाशित: १० असार २०७७ ०८:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App