१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोना निको पार्ने औषधि बनाएको बाबा रामदेवको दाबी

आफूले बनाएको औषधि सार्वजनिक गर्दै रामदेव।

भारतीय योग गुरु बाबा रामदेवको कम्पनी पतञ्जलि आयुर्वेदले कोरोना भाइरसविरुद्ध औषधि बनाएको दाबी गरेको छ।  

जडीबुटीबाट बनाइएको यो औषधिको नाम कोरोनिल राखिएको छ । सोमबार हरिद्वारमा एक कार्यक्रम गरी रामदवले यो औषधि सार्वजनिक गरेका हुन् ।  

यो औषधि दिल्लीलगायत भारतका कैयौं सहरमा कोरोना संक्रमण भएका २ सय ८० बिरामीमा परीक्षण गरिएको र यस क्रममा शतप्रतिशत बिरामी निको भएको उनको दाबी छ ।  

औषधिको प्रयोगबाट ३ देखि १४ दिनसम्म कोरोनाका सबै लक्षण निको पारिएको रामदेवले बताएका छन् ।  

उनका अनुसार दोस्रो चरणमा क्लिनिकल नियन्त्रण परीक्षण गरिएको थियो । यसमा सय मानिस सहभागी गराइएको थियो ।  यस चरणमा ३ दिनमा ६९ प्रतिशत बिरामी निको भएको उनको दाबी छ ।  

औषधि बनाउने क्रममा सबै वैज्ञानिक नियम पालना गरिएको दाबी उनको छ । मुलेठी, अश्वगन्धा, तुलसीलगायत जडीबुटी मिश्रण गरी यो औषधि बनाएको रामदेवको भनाइ छ ।  

तर यसको प्रभावबारे अहिलेसम्म कुनै स्वतन्त्र पुष्टि भएको छैन। एजेन्सी

प्रकाशित: ९ असार २०७७ ११:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App