२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

थप ४ सय ३४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११ हजार नाघ्यो

बिहीबार नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार काठमाडौं र भक्तपुर जिल्लामा ४/४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौंमा २ महिला, दुई पुरुष, भक्तपुरमा एक महिला, ३ पुरुष र ललितपुरमा एक जना पुरुषमा संक्रमण देखिएको उनले जानकारी दिए । बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल स‌ंख्या २ हजार ६ सय ५० पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित: ११ असार २०७७ ११:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App