८ आश्विन २०८१ मंगलबार
image/svg+xml

दक्षिण अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक लाख बढीको मृत्यु

दक्षिण अमेरिका र क्यारेबियन राष्ट्रहरुमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या मंगलबारसम्ममा एक लाख नाघेको छ । एएफपी समाचार संस्थाको गणना अनुसार मृत्यु भएकामध्ये आधाभन्दा बढी ब्राजिलका नागरिक छन् ।

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि कर्णाली अस्पताल सील

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ड्यूटिमा खटिएका ४ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ ।

इटहरीमा कोरोना खर्च चार करोड ३३ लाख

इटहरी उपमहानगरपालिकाले कोरोना संक्रमण (कोभिड–१९ ) को नियन्त्रण र रोकथाममा अहिलेसम्म चार करोड ३३ लाख रुपैयाँ खर्च भएको सार्वजनिक गरेको छ। उपमहानगरपालिकाको सातौं नगर परिषदका क्रममा बुधबार उपप्रमुख लक्ष्मी गौतमले संक्रमणको कारण प्र्रभावितलाई राहत, उद्दार, क्वाराइन्टाइन व्यवस्थापन तथा सञ्चालनका लागि सञ्चित कोषबाट खर्च भएको जानकारी दिइन् ।

गण्डकी प्रदेश : कोरोनाको वृद्धिदर डरलाग्दो

अरु प्रदेशको तुलनामा गण्डकी प्रदेशमा कोराना भाईरस संक्रमणको गति सुरुवातताका केही कमजोर थियो । चैतको पहिलोसाता बागलुङमा दुईजनामा संक्रमण देखिएपनि जेठको मध्यसम्म प्रदेशभित्र संक्रमित निकै नै कम संख्यामा थिए । यतिसम्मकी जेठ मध्यसम्म प्रदेशमा संक्रमितको संख्या एक अंकमा सिमित थियो ।

दाङमा ७६ जनामा कोरोना संक्रमण

दाङमा बुधबार ७६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिएका छन्। जिल्लामा वुधबार भेटिएको सक्रमितको संख्या अहिले सम्मकै सबै भन्दा बढि हो ।

विकासे अड्डाको खर्च न्यून

बैतडीका विकासे अड्डाहरूको विकास खर्च न्यून रहेको छ । प्रदेश माताहत रहेका विकासे कार्यालयहरूको खर्च कोरोना भाइरस संक्रमणका कारण विकास खर्च न्यून गरेका हुन् । गत वर्ष पनि विकास बजेट खर्च गर्न नसकेका कार्यालयहरूले यो वर्षको खर्च झन निरास जनक रहेको छ ।

कर्णालीमा २८ जना कोरोना संक्रमित थपिए

कर्णालीमा बुधबार २८ जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार तीन सय ३५ पुगेको छ । प्रदेश अस्पताल सुर्खेत÷पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा २० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणबाट आठजनामा कोरोना भाइरस पुष्टि भएको हो ।

कोरोनाले फेरिए स्थानीय तहका प्राथमिकता

कोरोना भाइरस संक्रमणका कारण प्रदेश नं ५ का स्थानीय तहका प्राथमिकता फेरिएका छन्। प्रदेश नं ५ का अधिकांश स्थानीय तहले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम तथा बजेट बनाएका छन्।

रामदेवलाई मन्त्रालयको चेतावनी : कोरोनाको औषधि बनाएको भनेर प्रचार गर्न बन्द गर

पतञ्जलि समूहले मंगलबार बिहान कोरोना निको पार्ने दाबी गर्दै ‘कोरोनिल ट्याब्लेट’ र ‘सवारी भाती’ दुई औषधि सार्वजनिक गरेको थियो।

कर्णालीका १० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

सर्पदंशका एक बिरामी क्वारेन्टिनबाट जेठ २८ गते प्रदेश अस्पताल कालागाउँको आकस्मिक कक्षमा उपचार गराउन पुगे । झुक्याएर आकस्मिक कक्षमा गएका ती विरामीबिरामीमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । यति मात्र होइन जेठ ३१ र ३२ गते उक्त अस्पतालमा उपचार गराइरहेका सुर्खेतका एक र दैलेखका दुईजना बिरामीमा पनि कोरोना देखियो ।

दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

कोरोना भाइरसबाट दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी नै संक्रमित भएका छन् । स्वास्थ्यमन्त्री ज्वेली एमखिजाले दिएको जानकारीअनुसार देशभर कुल तीन हजार पाँच सय ८३ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । तीमध्ये ३४ स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

सुदूरपश्चिममा नौ दिनमै १ हजार बढी संक्रमित थपिए

सुदूरपश्चिममा असार महिनाको शुृरुवातसंगै कोरोनाको संक्रमण ह्वात्तै बढेर गएको छ । चैत १४ गते दुवैवाट फर्केको पहिलो युवामा कोरोनाको संक्रमण देखिएको सुदूरपश्चिममा बैशाख १ गते देखा परेका पाँचौ संक्रमितसहित सवै निको भएर घर फर्केका थिए ।

नरैनापुरः कोरोनामुक्त बनाइने प्रण

बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिकाले कोरोना भाइरस कोभिड–१९ संक्रमणलाई स्थिर बनाउँदै गाउँपालिकालाई कोरोनारहित बनाउने प्रण गरेको छ। गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा यस्तो प्रण गरिएको हो। गाउँसभामा अध्यक्ष इस्तियाक अहमद शाहद्वारा प्रस्तुत ५० बुँदे नीति तथा कार्यक्रममा कोभिड—१९ को विषय पहिलो प्राथमिकतामा राखिएको छ।

वैज्ञानिक भन्छन्ः कोरोनाविरुद्ध खोप बने पनि यस्ता व्यक्तिलाई काम लाग्दैन

वृद्ध व्यक्तिलाई खोपका साथै इन्फ्लेमेसन रोक्ने अन्य औषधि पनि दिनुपर्ने देखिन्छ, जस्तै : डेक्सामेथासोन, जसले भाइरसका कारण पैदा हुने इन्फ्लेमेसन रोक्न सकोस्। यसको मद्दतले कोभिड–१९ बाट संक्रमितको ज्यान बचाउन सहयोग हुने पाइएको छ।

उदयपुरकी महिलामा कोरोना पुष्टि, घर पसल ‘सिल’

त्रियुगा नगरपालिका ११ गाईघाटकी एक महिलालाई काठमाडाैँमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएसँगै गाईघाटस्थित उनको घर र पसलमा सिल गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्